जुम्ला ः स्वास्थ्य सेवा कार्यालय जुम्लाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । शुक्रबार ,जिल्लामा क्रियासील पत्रकारहरुलाई स्वास्थ्य सम्बन्धि समसामयिक विषयवस्तुमा सामान्य जानकारी गराउने, जनस्वास्थ्य सेवा कार्यालय मार्फत सञ्चालित विभिन्न क्रियाकलाप बारे अवगत गराउने, पत्रकारिता र स्वास्थ्य क्षेत्र बिचको समन्वय र सहकार्य लाई मजबुज बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य सहायक सुरेश पन्तले स नेपालको संविधान, २०७२ अनुसार आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने राज्यको दायित्व भएको बताए । उनका अनुसार स्वास्थ्यलाई नागरिकको अधिकारको रूपमा परिभाषित गरिएको छ । उनले भने,विश्व स्वास्थ्य सङ्गठनको सम्विधान महासन्धि (१९४८) मानव अधिकारको विश्वव्यापी घोषणापत्र (१९४८) मानव अधिकारसम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धिहरू, नेपाल सरकार बाट संयुक्त राष्ट्रसङ्घका विभिन्न अभिसन्धिहरु को अनुमोदन ,यातना विभेद, तथा मृत्युदण्ड विरुद्धका अभि सन्धिका, साथै बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अभिसन्धि लगायतका बिश्वव्यापी पत्रकाका बारेमा जानकारी गराएका छन ।
त्यस्तै काउन्सील (स्वास्थ्य सम्बन्धी) ऐनहरू, औषधी ऐन, २०३५ आमाको दुधलाइ प्रतिस्थापन गर्ने बस्तु (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ ,नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ,मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ खोप ऐन, २०७२, नियमावली २०७४, राष्ट्रिय स्वास्थ्य बीमा ऐन, २०७४, नियमावली २०७५,अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५लगायतका बिभिन्न अधिकार सम्बन्धी बनेका ऐन नियमका बारेमा प्रशिक्षण दिइएको छ ।
त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको सर्वव्यापी पहुँचको सुनिश्चितता गर्नका लागी पत्रकारहरुको महत्वपुण हुने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्णा सापकोटाले बताए । उनले भने,स्वास्थ्यमा असमानता उत्पन्न गर्ने गरिबी, लाञ्छना तथा विभेद जस्ता पक्षहरू रहेका छन । यसलाई सम्बोधन गर्न राउन सरकारलाई खवरदारी गर्ने निकाय पत्रकार भएकाले यस्ता खालकाकार्यक्रम गरिएको हो ।
त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्वशाखाका कार्यक्र संयोजक मोर्चा शाहीले सप्रजनन स्वास्थ्य अधिकारले सुरक्षित मातृत्वसम्बन्धी हकका बारेमा जनकारी दिइन । उनका अनुसार जन स्वास्थ्य सेवा कार्यलय मार्फत प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन शिक्षा, परिवार नियोजन÷गर्भनिरोधको साधनको जानकारी र पहुँच र प्रौढ महिलाका समस्या निर्मूल पार्ने लगायत विषयमा कार्यक्रम हुदै आएका छन ।
त्यस्तै स्वास्थ्यमा वित्तीय दायरा वृद्धि – राष्ट्रिय स्वास्थ्य वित्त रणनीति को कार्यान्वयन, स्वास्थ्य बीमा कार्यक्रमको समयानुकुल परिमार्जन तथा प्रभावकारी कार्यान्वयन,नीतिहरूमा स्वास्थ्यको प्रवर्द्धन र बहुक्षेत्रीय सहभागिता,मानसिक रोग, सडक दुर्घटना, नसर्ने रोगहरूको भार बढिरहेको हुँदा रोकथाम तथा नियन्त्रणको लागि जनस्वास्थ्यका कार्यक्रममा लगानी वृद्धि ,स्वास्थ्य जनशक्तिको उत्पादन ,कुशल र उत्तरदायी स्वास्थ्य प्रणालीको विकास लगायत स्वास्थ्य क्षेत्रमा चुनौती रहेको पाइएको छ ।