जुम्ला :जुम्लामा बालविवाह रोकथाम तथा न्युनिकरणका लागी किशोरी रुपान्तरण कक्षा संञ्चालन गरिएको छ । युनिसेफको साँझेदारी र आवाज संस्था सुर्खेतको आयोजनामा जुम्लाको तातोपानी र पातारासी गाउँपालिकामा किशोरी रुपान्तरण कक्षा संञ्चालन गरिएको हो ।
कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयभह रहेकाले यसको रोकथाम तथा न्युनिकरणका लागी जुम्लाका दुई पालिकामा यस्तो कक्षा अभियानकै रुपमा संञ्चालन गरिएको मनोसामाजिक परामर्शकर्ता धना कुमारी रावलले बताइन ।उनका अनुसार यो रुपान्तारण कक्षा लिइरहेका किशोरीका अभिभावक संग पनि अन्तरक्रिया गरिएको छ ।उनीहरु संग यो कक्षामा आबद्ध भएका किशोरीमा आएको परिवर्तन,लैंगिक हिंसा,छुईप्रथा बालविवाह ,बहुविवाह,लगातका सामाजिक कुरितीका बिषयमा छलफल तथा अन्तरक्रिया भएको हो ।उनले भनिन,‘तातोपानीका अभिभावक संग दु्ई दिन र पातारासीका अभिभावक संग दुई दिन अन्तरक्रिया गरिएको छ ।
त्यस्तै तातोपानीका ८ ÷दुइ वडामा तातोपानी गाउँपालिकाले आफै रुपान्तरण कक्षा चलाएको छ।भने अरु सबै वडाका किशोरीका लागी आवाजले संस्थाले नै रुपान्तरण कक्षा संञ्चालन गरेको हो । त्यस्तै पातारासीको५ वडा यस अगाडी नै बालविवाह मुक्त भइसकेको छ ।
त्यस बाहेकका अरु सबै वडामा यो कक्षा संञ्चालन गरीएको छ ।आवाज संस्था सुर्खेतका अनुसार युनिसेफको साझेदारीमा आठ महिना किशोरी रुपान्तरण कक्षा संञ्चालन भएको हो । वडा स्तरमा संञ्चालन गरिएको रुपान्तरण कक्षामा ३० जना किशोरी सहभागी थिए । त्यो कक्षा संञ्चालनको लागी तातोपानी र पातारासी गरी १२ जना सहजकर्ता एक जना समुदायिक मनोपरामर्शकर्ता रहेका छन ।
त्यस्तै बालविवाह न्यूनीकरण गर्न किशोरीलाई अग्रसर बनाउने उद्देश्यका साथ संञ्चालन भएको रुपान्तरण कक्षा एक वडामा ४२ वटा कक्षा चलाईएको मनोसामाजिक परामर्शकर्ता रावलले बताईन । उनका अनुसार तातोपानी गाउँपालिका र पातारासी गरी ५ सय ४ वटा रुपान्तरण कक्षा संञ्चालन गरिएको हो ।उनले भनिन,‘ किशोरीका अभिभावक संग मात्रै २४ पटक छलफल गरिएको छ ।
त्यस्तै पातारासी गउँपालिका १ वडाकी की अभिभावक बिष्णु माया एडीले आवाज संस्थाको यो कार्यक्रमले धेरै राम्रा कुरा सिकाएको बताइन ।उनले भनिन,‘हामी अभिभावकले छोरी छोरी बिच बिभेद गर्नु हुदैन भन्ने कुरा सिकेका छौँ । छुई हुदा गोठमा बस्नु हुदैन भन्ने कुरा थाहा पाएका छौँ । ,बालविवाहले हाम्रो छोरीहरुको जिवनमा पर्ने असरको बारेमा पनी जानकारी पाएका छौँ ।उनी मात्रै होइन अरु अभिभावकले बालविवाह न्युनिकरणका लागी सबै एक जुट हुने प्रतिबद्धता गरेका छन ।