जुम्ला :तिला गाउँपालिकामा गएको जेठ २० गते १७ वर्षकी बालिकालाई जवरजस्ती करणी भयो भन्दै हल्ला जुम्ला बजार सम्म पुग्यो ।त्यसको दुई दिन पछि बालिकालाई जवरजस्ती करणी नभइ करणीको प्रयास भएको भन्ने अर्को हल्ला आयो ।
त्यसको केही दिन पछि गाउँमै पैसा खायर मिलापत्र भयो भन्ने हल्ला आयो । सबैको मुख मुखमा झुण्डीएको तर कानुनी रुपमा आउन नदिएको घटनाका पीडितको भनाई यस्तो रहको छ ।
त्यो घटनाका पीडित बालिकालाई करणी नभई करणीको प्रयास रहेको पाइएको छ ।पीडित बालिका अनुसार करणी गर्ने मनसाय राख्ने ब्यक्ति तिला गाउँपालिका ४ का आन्दाजी ३४ वर्षका शंकर उपाध्याय हुन । उनले विवाह गरी छोरा छोरी समेत जन्मीएको त्यहाका स्थानीयले बताएका छन । उनले भाँन्जी नता पर्ने १७ वर्षकी बालिकालाई थामा खोला भन्ने ठाउमा गाइ चराउन गएको मौका छोपि कारणीको प्रसास गरेका हुन ।
पीडित बालिाकाले शंकर उपाध्यायले गएको जेठ २० गते ३ बजेको समयमा आफ्नो गोरु ल्याउन आएका रहेछन । त्यही समयमा मलाई करणी गर्ने मनसाय राखेर प्रयास गरेको बताउँछिन ।उनले भनिन,‘म रोइकराइ गरेर गाउँका मान्छे कुलाको काम गर्दै थिए त्यही गए ।उनका अनुसार करणी भएको छैन प्रयास गरेको कुरामा मुद्दा लाग्दैन भनेर भने पछि म चुप लागेको हुँ ।
बालिका भन्छिन ,मलाई करणीको प्रयास गरेको आरोप लागेका शंकर भागेर कहा गयो थाहा छैन । उसका दिदि भिनाजु ,नुवाकोट, रावत वाड, र साँपुल्ली गाउका केही जान्ने मान्ने मान्छे बसेर एक जोर कुर्ता सुरुवाल र ५ हजार रुपैया टिकाको थालिमा रोखेर माफी मागेर मिलापत्र गरेका हुन ।
बालिकाले गाउँका अगुवा लाग्ने काँग्रेसका नेता भनेर चिनिने लोकेन्द्र शाही ,तिला गाउँपालिका कार्यपालिका सदस्य बिष्णु कुमारी शाही,ऐमालेका नेता भनेर चिनिने नन्द बहादुर शाहीले करणीको प्रयास गरेको कुरामा मुद्दा नलाग्ने भनेपछि चुप बसेको बताइन ।
त्यस्तै सोही गाउँका शिक्षक हरिचन्द्र शाहीका अनुसार बालिका गाईचाउन गएको थिइन भन्ने कुरा सुनेका हौँ । त्यसको तलातिर अरु गाउँलेहरु कुलाको काम गर्दै थिए । अन्दाजी साढे ३ बजेको बजेको समयमा नानी रुदै आएकी थिइन भन्ने सुनेको हुँ । पछि त्यो दिन देखि शंकर उपाध्याय भागेर घरमै आएका छैनन ।उसको ठुलो खेत हाम्रो गाउँमा छ ।त्यो खेतको रोपाई रोकिएको थियो ।
त्यसको ४÷५दिनपछि उसको त्यो खेत गाउका अरु मान्छेले रोपि दिएका हुन ।उनले भने,‘मैले मेरो आँखाले देखिन, तर बालिका रुदै आउनु ,आरोप लागेको केटा भागेर घर छोडेर जानुले शंका उब्जाएको छ । उनले भने,‘रावतवाडाको पारीपटी मेरो स्याउँको बंगैचामा बसेर मिलापत्र गरेका हुन भन्ने सुनेको हुँ।
त्यस्तैं घटनाको मिलापत्रमा बसेका नेपाली कांग्रेसका कार्यकता लोकेश शाहीले आफूहरुले बालिकालाई घटनाबारे सोधेको र करणी भएको होइन भनेपछि व्यक्तिगत झगडामा मिलापत्र गराइएको बताए । पैसा लिएर मिलापत्र गराएको भन्ने आरोप बारे आक्रोशित हुँदै उनले भने, ‘मैले २० लाख खाएर मिलापत्र गरेको भए पनि गरें, यो गाउँको कुरा हो। तपाईं जे गर्न मन लाग्छ गर्नुहाेस ।याे मिलाएकाे बिषयमा मलाई सजाय हुन्छ भने पनि हाेस ।
त्यस्तै बालिकाकी आमा भन्छिन,उसकी श्रीमती आयर रुन थालि ,उसका दिदि जानु शाहीले एक डालो लाडु ल्यायर मेरो घरमा माफि माग्न आइकी थिइन । उसका श्रीमान रतन शाही घरमा आए दुई हात जोडे । एक जोड कपडा र ५ हजार रुपैयामा मिलापत्र भएको हो । बालिकाकी आमा अनुसार शंकरका भिनाजु मेरा भाउजुका भाई भएकाले भिनाजु नता पर्छन, आफ्ना मान्छे भयर कानुनी रुपमा जान सकिन ।उनका अनुसार केटा पक्षकाले त्यही ठाउँमा लाटासितको थानछ त्यो थानको देउता लाग्छ भनेर खसी पनी ल्याएका थिए त्यो खसी मिला पत्रमा बसेकाले फिर्ता गरेका हुन । उनका अनुसार मिलापत्रमा रावतवाडा,नुवाकोट,र साँपुल्ली गरी तिन गाउका मान्छे बसेका हुन ।उनले एक जोर कपडा ,५ हजार रुपैया बालीकालाई दिएका हुन। अरु मिलापत्र गराउनेले एक एक फुरुटी खाएका हुन ।
त्यस्तै नागरिकको जीउ,धन र वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्नु र विना भेदभाव न्यायको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।तर राज्यका केही निकायमा बसेका मान्छेको ब्यक्तिगत स्वार्थका कारण पीडितको न्याय मरेको पाइन्छ ।
गाउँको अगुवाई गर्ने जनप्रतिनिधि,राजनितिक दलहरुले अपराधको निष्पक्ष अनुसन्धान,अभियोजन र स्वच्छ पुर्पक्ष गरी अपराधीलाई दण्ड दिनु र पीडितलाई न्याय प्रदान गर्नु भएपनी उनीहरुले अपराधिक कार्यलाई लुकाइ छिपाई बढुवा दिने गरेका छन ।
त्यस्तै एक स्थानीय महिलाले भनिन,यहाका ठुला भनिने भला दिमीहरुले यस्तै मिलापत्र गर्दछन हाम्रो के लाग्छ ।केही भनिहालेपनि हामीलाई उनीहरुले दुख दिननछन त्यसैले चुपचाप बस्नु पर्ने बाध्यता छ । गाउठाउमा यस्ता खालका धेरै घटनाहरु गुपचुब मै रहने गरेका हुन्छन ।
त्यस्तै पछिल्लो समयमा बालिका माथी बलात्कारका घटनाहरु अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेकाले पाइन्छ ।मुलुकी सँंहिताले बालयौन दुर्व्यवहारको विषयलाई छुट्टै अपराधको रुपमा राखेको छ ।
तर यहाका जनप्रतिनिधि राजनितिक दल, प्रहरी प्रशासनहरुको मिलोमतोका कारण अपराधि क्रियाकलापहरुले बढुवा पाईरहेका छन । यस अघि पनी गुठीचौरकी पाँच वर्षीया बालीका माथी यौन दुर्व्यवहार गर्ने आरोपित नेमाकिपाका नेता एक दिन मै प्रहरी हिरासत बाट छुटेका थिए ।
त्यस्तै बालबालिका सम्बन्धी ऐन २०७५ बालयौन दुर्वव्यवहार यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने ,फकाउनेलाई फरक खालकाे कानुनि ब्यवस्थाछ । यस्ता कार्य गर्ने लाई अपराध अनुसारको कानुनी सजाय हुने ब्यवस्था छ ।यसरी अपराधिक संरक्षणमा गाउँका अगुवाई गर्ने ब्यक्ति र राजनितिक दलका नेता कार्यकता खुल्याम रुपमा लागेपछि यस्ता खालका अपराधहरु झन बढन थालेका छन ।