जुम्लाको सातौँ जिल्ला सभा :सभाले गरेका निणर्य कार्यन्वय गर्ने स्थानीयतहहरुको प्रतिबद्धता

जुम्ला :जिल्ला समन्वय समिति जुम्लाको सातौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा जिसस जुम्लाका प्रमुख गौरी नन्द अचार्यको अध्यक्षता र पुर्व राज्य मन्त्री तथा माओवादी केन्द्रकी केन्दीय सदस्य गोमा गौत्तम कुवंरको प्रमुख आतिथ्यतामा सम्पन्न हो । उक्त जिल्ला सभाले जुम्ला बिकासका लागी महत्वपुर्ण १० वटा निणर्य गरेको छ।सातौँ जिल्ला सभाले विपद पुर्व तयारी राहत तथा उद्दारका लागी सम्पूर्ण पालिकाहरुले प्रभावकारी व्यवस्थापन एवं प्रबन्ध मिलाउने,वातावरण संरक्षण ऐन नियमावलीको प्रावधन बमोजिम वातावरणिय प्रभाव मुल्याङकन गरेर मात्र योजना कार्यान्वयन गर्ने गराउने निर्णय गरिएको छ ।


त्यस्तै अनुगमन कार्यलाई सघन एवं प्रभावकारी बनाउन आवस्यक समन्वय कायम गर्ने, जिल्लाका विभिन्न राजमार्ग, पर्याटकिय गन्तव्य स्थल हरुको स्पस्ट जानकारी सहित पालिकाका आवस्यक एवं उपयुक्त स्थानहरुमा जानकारी वोर्ड राख्ने ,चालु आ.व को आय व्याय अनुमोदन समर्थन एवं आगामी आ.व को प्रस्तावित आय– व्याय पारित गर्ने निर्णय गरिएको छ ।


त्यस्तै जिल्ला समन्वय अधिकारी टेक बहादुर बुढथापाले यस जिल्ला समन्वय समितिको हक भोग र स्वामित्वमा रहेको हालको समन्वय समितिको कार्यलय संग जोडिएको जग्गमा सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला लाई बहुउद्देशिय भवन निर्माण योजना कार्यान्वयनका लागी आवस्यक जग्गा उपलब्ध गराउने निर्णय समेत गरिएको छ । उनका अनुसार मिति २०८१।०३।१२ गते राति च ना न पा ३ वसपार्कमा ग्यारेजको टहरामा भएको आगलागीको विषयलाई लिएर केहि अराजक एवं उत्श्रृंखल समुहले च ना ना पा कार्यालयको भवन कार्यालय परिसर भित्र रहेको दमकल,डोजर समेतमा तोडफोड गरि क्षति पुर्यायको घटना प्रति घोर भत्सना गर्दी भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन र दोषि उपर कडा कार्वाहि गर्न सरोकारवाला पदाधिकारी तथा निकायहरुको गंभिर ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ ।

जिल्ल सभाले जुम्ला जिल्ला स्थित तपशिलमा उल्लेखित महत्वपुर्ण एवं रणनितिक सडक योजना कार्यान्वयनका लागी प्रदेश सरकार र संघीय सरकार संग प्रास्ताव गरि पठाउन लगायतका १० वटा प्रस्तावित निणर्य गरिएको छ ।

त्यस्तै जिल्ला सभाले जुम्ला जिल्ला स्थित विषयगत कार्यालय र विभिन्न संघ संस्था बाट विकास निर्माण र अनुदान वितरण गर्दा हुने दोहोरोपना हटाउन सरोकारवाला विषयगत कार्यालयहरुलाइ आमन्त्रण गरी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिने पुर्व राज्य मन्त्री तथा माओवादी केन्द्रकी केन्दीय सदस्य गोमा गौत्तम कुवंरले बताइन । उनले भनिन, बगितमा के भयो ,तेता तिर जानु भन्दा पनी जुम्लाको समृद्धीको लागी  अबका दिनमा के गर्ने भन्ने कुरा महत्वपुण रहेको छ ।उनले जुम्लाको बिकासको लागी जिल्लाका क्रियाशिल दलहरुले साझा मुद्दा बनाएको बताइन । उनले भनिन,यस अघि प्रशासन र जिल्लाका केही महत्वपुण कार्यालयमा छलफल गरेका छौ । अब जिल्लाका दलहरुको एउटै मात्रै उद्देश्य समृद्धीको लागी हुने बताइन ।

त्यस्तै जिल्ला जुम्ला जिल्ला भौगोलिक हिसावमा विकट र प्राकृतिक प्रकोप बाट बढी प्रभावित हुने जिल्ला भएकोले कतिपय स्थानिय तहहरुमा ढुंगा बालुवा र गिट्टीको तिब्र रुपमा उत्खनन् भई प्राकृतिक प्रकोप निम्तिने सम्भावना भएको बताए । उनले लाई मध्यनजर गर्दै यस पटकको सभाले ढुँगा बालुला गिट्टीलाई मापदण्ड अनुसार उत्खनन् तथा विक्रि वितरण र व्यवस्थापन गर्न सबै स्थानिय तह संग आवश्यक समन्वय गरी व्यवस्थित गर्ने अनुरोध गरेका छन ।

जुम्ला आएका बिकास निमार्णका कामप्रभावकारी बनाउनका लागी जुम्लाका सम्पुर्ण विकासी कार्यालय र संघ संस्थाले सम्बन्धित स्थानिय तहको समन्वय, सहकार्य र अनुगमनमा कार्यक्रमहरु तिब्र रुपमा संचालन गनु पर्ने सुझाब दिइएका छन ।

 

सम्बन्धित समाचार