मुगुः मुगु जिल्लाको पश्चिमि भेगमा पर्ने खत्याड गाँउपालिकाको वाड कार्यालय डुवानमा परेको छ ।
बिहना अन्दाजि ३ बजे तिर आएको अबिरल बर्षा पानिले खत्याडगाँउपालिका वडा नम्बर २ को वाडा कार्यालय
डुवानमा परेको हो ।त्यहा नजिकै रहेको खहरेखोला बाट आएको बाढीवडा कार्यालयमा पसेपछि कार्यालयमा रहेको कम्युटर ,ल्याप्टप ,प्रिन्टर,फोटोकपी मेशिन लगाएत सम्पुर्ण सामाग्रीहरु नष्ट भएका छन ।वडा कार्यालयममा बाढी पसेका कारण त्यहाको सेवा प्रभाहित भएको छ ।
त्यस्तै कार्यालय बाट जनतालाई बितरण गर्न राखेको ५ क्विटल नुन,लगाएत अन्य सामानको क्षेत्री भएको वडा कार्यालयले जनाएको छ ।क्षेती एकित बिवरणको लागी प्रहरी चौकी श्रीकोट बाट आएको प्रहरीको टोलीले मुचुल्का उठाए पछि थाहा हुने खत्याड गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष हेमराज मल्लले जानकारी दिएका छन ।उनका अनुसार रोपेका धान खेल लगाएत अन्य अन्न बाली, बिद्यालय भवनमा समेत क्षेत्री भएको छ । मानबिय क्षेती नभएको बताएका छन ।