दुर्गा मावि लाम्राका शिक्षक माथी कुटपिट:वि.व्य.स.अध्यक्ष न्यौपाने पक्षले कुटपिट गरेकोे आरोप


जुम्ला: जुम्लामा एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्षले शिक्षक माथि कुटपिट गरेका छन्। तातोपानी गाउँपालिकाको ५ वडामा रहेको श्री दुर्गा माध्यमिक विद्यालय लाम्राका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आदी प्रसाद न्यौपाने र शिक्षक टेक बहादुर रोकायाले विद्यालय हाताभित्र संयुक्त रुपमा शिक्षक जयशंकर धिताल माथी कुटपिट गरेको आरोप छ ।

त्यस्तै एकिकृत अखिल नेपाल शिक्षक संगठन सदैव शैक्षिक तथा पेशागत हक, अधिकार, समानता, न्याय, वैज्ञानिक र व्यवहारिक शिक्षाको पक्षमा बुलन्द आवाज उठाउने संगठनले एक प्रेस बिज्ञप्ती जारी गरेको छ ।
त्यस बिज्ञप्तीमा भनिएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन मितिः २०८१ साल असार ११ गते विहान १०ः३० बजे तिर यस एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्य समिति जुम्लाका अध्यक्ष जय शंकर धिताल लाई दुर्गा माध्यमिक विद्यालय लाम्राको विद्यालयको पठन पाठनको लागि विद्यालयमा छलफल गर्दै गर्दा अध्यक्ष भनिएका गैर अभिभावक आदी प्रसाद न्यौपाने र शिक्षक टेक बहादुर रोकायाले विद्यालय हाताभित्र संयुक्त रुपमा साङ्घातिक रुपमा हमला गरी कुटपिट गरी घाइते बनाएकोले यस्तो कार्यप्रति हाम्रो महान तथा गौरवशाली संगठन घोर भर्षना गर्दछ ।

त्यस्ता अपराधिका कार्य प्रति संलग्न अराजक व्यक्तिलाई कानुन बमोजिम कडा कार्वाहिको लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौं । यदि हाम्रो मागको सम्बोधन नभएमा वा बेवस्ता गरेमा पछि हुने अप्रिय घटनाको जिम्मेवार सम्बन्धित पक्ष नै जिम्मेवार रहने कुरा जानकारी गराउँछौं ।

भिम बहादुर वि.क.एकिकृत अखिल नेपाल शिक्षक ,संगठन ,जिल्ला सचिव जुम्ला ,राजेन्द्र खत्री एकिकृत अखिल नेपाल शिक्षक,संगठन, जिल्ला इन्चार्ज जुम्लाले हस्ताक्षर गरेको बिज्ञप्ती मार्फत यस घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कानुन बमोजिमको हदसम्मको सजाय एवम् पीडित शिक्षकको न्याय दिन हुन जिल्ला प्रशासन लगायत सम्बद्ध निकाय सँग आग्रह गर्दछौं साथै अन्यायको विरोधमा आवाज उठाइदिन हुन जनप्रतिनिधि,राजनीति दल, नागरिक समाज, शिक्षक महासंघ, शिक्षक, विद्यार्थी, कर्मचारी संघ संगठन र आम बुद्धिजिवी तथा पत्रकारलाई समेत हार्दिक अपिल गरिएको छ ।

त्यस्तै नेपाल शिक्षक महासंघ जिल्ला समिति जुम्लाले पनी एक प्रेस विज्ञप्ती जारी गरेको छ । उक्त बिज्ञाप्तीमा भनिएको छ आज मिति २०८१ साल असार ११ गतेक दिया श्री दुर्गा मा.वि. लाम्रा जुम्लामा कार्यरत शिक्षक जयशंकर धिताल माथि विद्यालय समयमा – छलफलको क्रममा त्यस विद्यालयका विद्यालय व्य वस्थापन समितिका अध्यक्ष आदी प्रसाद न्यौ पाने लगाएतको समूहले सांघातिक आक्रमण गरे को विषयप्रति घोर भर्त्सना गर्दछौं ।

धिर बहादुर वड (सह–अध्यक्ष र हर्क बहादुर महत (अध्यक्ष) संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्ती मार्फत उक्त घटनाको सत्य तथ्य छानविन गर्न र दोखी माथि कडा भन्दा कडा कारवाहीको लागी य नेपाल शिक्षक महासंघ जिल्ला समिति जुम्ला जोडदार माग गरेको छ ।

त्यस्तै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आदी प्रसाद न्यौपाने एक छात्राले शिक्षक धितालले किताव लिन गएकोले कनि गएको भने कानचिमोटेको भिडियो आफ्नो सामाजिक संञ्चालमा पोष्ट गरेका छन । भने विद्यालय हाताभित्र संयुक्त कुटपिटबाट घाइते भइ प्रतिष्ठान भर्ना भएका शिक्षक धिलालेले स्कुलको पोषक सहित बिद्यार्थीलाई भवन निमार्णको लागी ढुङगा बोकाउदै गरेको भिडियो सामाजिक संञ्जालमा पोष्ट गरेको देखिन्छ ।
शिक्षक धिताल भन्छन,त्यो बिद्यालयको भवन निमार्णमा स्कुलमा बिद्यार्थीलाई ढुङगा बोकन लागइयो त्यो गर्नु हूदैन भनेको हो । उनका अनुसार बिद्यार्थी कक्षा कोठा अभावमा बाहिर बसेर पढन बाध्य हुदा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आदी प्रसाद न्यौपानेको लागी छुटै जिम गर्नका लागी कोठा छुटाइएको थियो । बिद्यालयका गलत कुराको बिरोध गर्ने गरेकाले म माथी नियतबस रुपमा पलान बनाइ कुटपीट गरेको बताउँछन ।
त्यस्तै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आदि प्रसाद न्यौपानेले शिक्षकले पोषक नलगाई पढाउन आउने, बिद्यार्थी कुट्ने लगायतका बिषयमा छलफल हुदै थियो । शिक्षक धिताल आक्रोशमा आई शिक्षक बिद्यालय ब्यवस्थापन समित ,शिक्षा शाखा ,हेटसर लगायत सबै प्रति गलि गर्न थालेपटि उनको र मेरो एक चोट हानहान भएको हो ।त्यसपछि अलिअलि धकल, पकल भएको हो । यसको लागी बिद्यालयको सिसिटिभीको फुटेज हेर्न पनी सकिन्छ ।

त्यस्तै यस बिषयमा दुर्गा माध्यमिक बिद्याल प्रधानध्यापक प्रेम बहादुर शाहीले शिक्षकको दैनिक समय तालिका बनाइएको थियो । त्यहा जयकार धिताल सरले ओ.पि.डी म्याथको शिक्षक नभएकाले पढाउने भन्ने भएको थियो । उहाले पढाइ रहनु भएको थियो । एक दिन जलसा नेपाली भन्ने नामकी कक्षा नौ मा पढ्ने बिद्याथीलाई कक्षा कोठामा कताब लिन गएको बेला कानमा हानेको भनेर रुदै आएकी थिइन । मैले यो बिषयमा छलफल गरौला भनेको थिए ।

त्यस पछि एक हप्ता जती ओ.पि.डी. म्याथको बिषय शिक्षक धितालले नपढाउने भन्ने कुरा गरे पछि छलफल हुदै थियो ।उनले भने, बि.व्य .स. अध्यक्ष संग न्यौपाने संग बालविवाद भयो, सूरुमा अध्यक्ष न्यौपाने हात हानेका हुन ।
त्यस पछि दुइ जना बिच लफडा भएको हो ।उनले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले ति छात्राको भिडियो बनाएको कुरा थाहा थिएन । अहिले समाजिक संञ्जालमा आएपछि देखेको हुँ । यो राम्रो पक्ष होइन यस घटना प्रति मदुखित छु ।

त्यस्तै तातोपानी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीले खवर सुनेको छु । म बाहिर थिए। सिसिटिभिको फुटेज छ भन्ने सुनेको छु । त्यही हेरर छाविन समिति गठन गर्ने भन्ने छ । बिद्यालयको हाता भित्र शिक्षक कुटिएको बिषयलाई लियर बिभिन्न पेसागत संगठनहरुले सत्य तथ्य छानविन गरी दोषिलाई कारबाही गर्न भन्दै प्रेस बिज्ञप्ती जारी समेत गरेका छन ।

 

सम्बन्धित समाचार