किर्डाक नेपालको २५औँ रजत जयन्ती :कर्णालीको सामाजिक कुरिती र सशक्तिकरणमा टेवा


जुम्ला ः किर्डाक नेपाल २०५६ साल असार ७ गतेका दिन स्थापना भएको किर्डाक नेपाल जुम्ला २५ औँ वर्ष पार गरेको अवसरमा रजतजयन्ति भव्य रुपमा मनाएको छ । जुम्ला लगायत कर्णालीको आर्थिक, सामाजिक र सशक्तिकरणमा टेवा पुगेको दाबी गरेको छ ।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सामाजिक क्षेत्रमा खेलेको भूमिका महत्वपुण रहेको बताए । उनका अनुसार कर्णाली एमएम जुम्लाको स्थापन गर्दै संचार क्षेत्रमा गरेको योगदान स्मरण योग्य रहेको छ । उनले कर्णालीको आर्थिक, सामाजिक र सशक्तिकरणमा किर्डाकले गरेको कामको सिको अन्य क्षेत्रले पनि गर्न आवश्यक रहेको छ ।

त्यस्तै गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानवहादुर बुढाले जुम्ला लगायत कर्णालीका लागी जनयुद्ध र हतिहार बिनाको किर्डाक नेपाल नामक संस्थाले ठुलो परिवर्तन गरेको बताए । उनले किडार्कको रजत जयन्तिको अवसरमा संस्थाको प्रगतिका कामना गरेका छन । उनले भने,‘सुशासन र जीविकोपार्जनका क्षेत्रमा किर्डाक नेपालले गरेको काम प्रशंसा योग्य रहेको छ ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिकिरेले संमृद्धिका लागि हरेक क्षेत्रले किर्डाक नेपालले सकरात्मक काम गरेको बताए । उनले कर्णालीमा धेरै गैर सरकारी संस्था भएपनि सबैले राम्रो काम गर्न सकेको अवस्था छैन् । उनले विपद्का क्षेत्र सामाजमा रहेको कुरीति न्युनिकरण गर्न र सभ्य समाज निर्माणमा खेलेको भूमिकालाई सम्मान गर्नु पर्ने बताए ।

त्यस्तै रजत जयन्तिको अवसरमा कर्णाली मावि अनामनगरमा अध्ययनरत ३६ जना बहिरा बालबालिकालाई ट्याकसुट, कापी र कलम वितरण गरिएको जिल्ला संयोजक दिपराज रावतले बताए । उनले प्रति बालबालिकालाई १४ सय ९५ रूपैयाँ बराबरको सामान वितरण गरिएको छ । किर्डाकको रजत जयन्तिको अवसरमा वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल स्पन्सरसिप परियोजनाबाट सहयोग गरिएको हो ।

त्यस्तै किर्डाक नेपालले मानव अधिकार, खानेपानी, स्वास्थ्य तथा सरसफाई, गुणस्तरीय शिक्षा, विपद्, खाद्य तथा सम्प्रभुता, सूचनाको अधिकार, कर्णाली राजमार्ग बनाउनमा पहल, सुशासन र जवाफदेहिता र भूकम्प प्रभावित जिल्लाहरुमा पुननिर्माणका कामहरु गरेको छ ।

सम्बन्धित समाचार