जुम्ला : जिल्लाको तिलागाउँपालिकाले नागरिकको आबश्यकता मुखी बजेट बनाउन सुझाब तथा राय संकलन गरेको छ । पालिकाले त्यहा सरोकारवाला निकाय संग आर्थिक वर्ष २०८१ ÷०८२ को लागि सुझाब संकलन हो । ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले पालिकाको सिमित स्रोत साधान र असिमति आबश्यकता रहेको बताए । उनले भने‘यसकारण २०८१ ÷०८२ पालिकाको बिकासको लागि यहाँका राजनितिकदल, नागरिक अगुवा, बुद्धिजिवि लगायत सरोकारवालाहरु संग सुझाब सल्ला , तथा राय संकलन गरेको हो । यहाको बिकासको लागी आएका सुझाब संकलनलाई मध्यनजर गरी आगामी तिनितथा कार्याक्रम ल्याउने बताए ।उनले हिंसा पीडित महिला र बालबालिकाका लागी स्थानीय सरकार जिम्मेवार रुपमा लाग्ने बताए । सुझाव संकलन कार्यक्रममा घरेलु हिंसा न्यूनिकरण गर्न, महिलाहरुको आश्रयकेन्द्र स्थापना गर्न सुझाव दिइएको छ ।
त्यस्तै तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बजेटको विषयलाई लिएर विभिन्न निकायका व्यक्ति र सरोकारवालाहरुसँग सुझाव संकलन गरेको बताए । सरकोकारवाला निकायहरुसंग सुझाव संकलन बजेटलाई प्रभावकारी कसरी बनाउँन सकिने बताए ।
त्यस्तै गाउँपालिका उपाध्यक्षका गोरीकला रोकायाले गुणस्तर संरचनामा जोड दिने कार्यक्रम, वितरण प्रणाली पार्दर्शी र पिडितले अवसर पाउने प्रकारका कार्यक्रममा ल्याउन बताइन ।गाउँपालिकाको आ.ब. २०८१÷०८२ को निति कार्यक्रम तथा बजेटका लागि सर्वपक्षिय रुपमा गरेको सुझाव संकलन यार्यन्वन गर्ने बताइन । उनले गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय सरकारले एक्लै नसक्ने भन्दै सबै संग सहकार्य गरेर जाने प्रतिवद्धता गरिन । पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउनु भन्दा पहिला सरोकारवाला संग सुझाब संकलन गर्दै आएको पाइन्छ ।