मुगु – बिश्वमा भएको सुचना तथा संञ्चार प्रबिधिको बिकास तथा नेपालमा आएको संधियताको ब्यावस्थाले गर्दा नेपालमा सुचना तथा सञ्चारका माध्यमहरुको बिकास भएको छ । तर खास गरि आम सन्चार पत्रिकाको बिकास भएको पनि मुगुको सोरुगाँउपालिकामा सन्चार सेवा प्रवाह नभएको स्थानहरुका लागी सूचना प्रवाहको लागी भन्दै गाँउ गाँउमा भित्रे पत्रिका प्रकाशन गर्ने गरीएको हो ।प्रबिधिको दृश्ष्टिले अहिले नेपालमा हिमाली ,पहाडी र तराईका सबै भागहरुमा रेडियो,टेलिभिजन,ईन्टरनेट,केबुल,ईन्टरनेट ,फोनको सेवा सहजरुपमा पुर्याउन सकिने अवस्था छ । यातायातको सुबिधा बढेको हुनाले अखवार ,पत्रपत्रिका सहरीय क्षेत्र मात्र होईन गाँउ ईलामकामा पनि पुगाउन सम्भव भइरहेको छ ।
सञ्चार मध्यको लागी बिजुल्ली बत्ति नपुगेको दुर्गम गाँउमा पनि बैकल्पीक उर्जा निकालेर टुलिफोन,ईन्टरर्नेट,र ईमेल चलाउन थालेका छन । एफएम रेडियो बिकास पछि ग्रामिण भेगका जनताले रेडियो ,एफएम सुन्ने गरेको पाईन्छ ।
तर मुगुको दुर्गममा रहेको सोरुगाँउपालिकाका दुर दराजका बस्तीमा संञ्चार सेवा नपुगेको हुनाले स्थानिय नागरिकहरुलाई सञ्चारको सेवा प्रभहा गर्न बिद्यालय र समुदाय स्तरमा गठन भएका बालक्लवको सक्रियता बढेको छ ।
बिद्यालय र समुदायमा रचनात्मक क्रियाकलाप अन्तरगत्त मासिक रुपमा भित्रे पत्रिका प्रकाशन गर्नका लागी स्थानिय संस्था ग्रामिण सामुदायिक सस्था मुगु र सोरु गाँउपालिकाको पहलमा बस्ती बस्तीमा मासिक भित्रे पत्रिका प्रकाशन गर्नका लागी तालिक गोष्ठी गरिएको छ ।सोरुगाँउपालिकाका १ वडा देखी ११ वडा सम्म शिक्षा ,स्वास्थ्य पूर्वधार सम्बन्धी काम गदै आएको ग्रामिण सामुदायिक संस्था कार्यक्रमका संयोजक बासु रावलले बताए ।
उनका अनुसार मुगु जिल्लाको सोरुगाँउपालिकामा रहेका विद्यालय तथा समुदायमा गठित बाल क्लबमा आबद्ध भएका बालबालिकालाई अहिले आफ्ना रचना र सिर्जनाहरुलाई भित्ते पत्रिका मार्फत प्रकाशन गरिरहेका छन् । पत्रिका मार्फत बालबालिकालाई बाल अधिकारका कुराहरुलाई उजागर गरिरहेका छन् .।समाजमा रहेका छाउपडी, बाल विवाह, छुवाछुत, ध्रुम्रपान तथा मद्यपान जस्ता सामाजिक कुरीतिहरुको अन्त्य गर्न भित्ते पत्रिका मार्फत बिषेश जोड दिइएको छ ।
बालवालिकाले आफ्ना प्रतिभाहरु कविता, गीत, गजल, मुक्तक तथा कथा,पालिका देखी वडा सम्म भएको बिभिन्न गतिबिधि जस्ता रचनाहरु भित्ते पत्रिका मार्फत प्रकाशन गरिरहेका छन् । उनीहरुले वन बिनास न्यूनीकरण, बाल हिंसा तथा महिला हिंसा अन्त्य, बाल विवाह रोकथाममा प्रहरी र समुदाय संग अन्तरक्रिया विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापहरुको बारेमा लेखिएका समाचारहरु विद्यालयका भित्ताहरुमा देख्न पाइन्छ ।
समुदाय र बिद्यालयमा आधारित सोरु गाँउपालिका वडा नम्बर १ देखी ११ वडा भित्र रहेका १९ वटा बाल क्लब ,मार्फत १९ स्थानमा स्थानिय पालिकाको र ग्रामिण समुदाय सस्था को पहलमा बालकलवको क्षमता बिकास,नेतृन्र्ते ,ब्याक्तिगत र सामुदाय बिकास गर्नको लागी मासिक रुपमा नियमित प्रकाशन गरिरहेको सोरु गाँउपालिकाका उपाध्यक्ष केशर जङ्ग शाहीले बताएका छन ।
परिवर्तनशील बाल क्लबका भित्ते पत्रिकाका सम्पादक पदम नेपाली भन्छन,ग्रामिण सामुदायिक सस्था र सोरुगाँउपालिकाको सहयोगमा दिएकातालिमले आज हामी आफ्ना रचना तथा समाचारहरु भित्ते पत्रिका मार्फत प्रकाशन गर्न सक्षम भएका छौ । उनका अनुसार अहिले आफ्ना रचना तथा समाचारहरु प्रकाशन गर्न साथीहरु निकै उत्सुक देखिए पछि यसलाई मासिक रुपमा प्रकाशन गर्ने गरेका छौ ।
त्यस्तै कालीका माद्यामिक विद्यालयका प्रधाना ध्यापक उम्मेर बुमीका अनुसार भित्ते पत्रिका प्रकाशन बाट विद्यार्थीहरुका लुकेका प्रतिभाहरु प्रस्फुटन भएका छन । उनले भने,समुदायमा भएको सकारात्मक तथा नकारात्मक कुराहरु भित्रे पत्रिका मार्फत प्रकाशन हुन थाले पछि समुदायमा हुने बिकृतिहरु पनि केही न्युनिकारण हुदै गएका छन ।