मुगु:सोरुगाउँपालिकामा अपाङ्गता समाबेशी सम्बन्धी दुई दिने तालिम भएको छ । गाउँपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीको संयोजकत्वमा रहेको स्थानीय अपाङ्गता समवन्य समितिका पदाधिकारीहरुलाई अपाङ्गता तालिम दिइएको हो । अपाङ्गता भएका ब्यक्तिहरुलाईमाबेशी कार्यमा काम गर्नका लागी सहज होस भन्ने हेतुले तालिमको आयोजना गरिएको छ ।
त्यस्तै सोरु गाउँपालिकाका आध्यक्ष धर्म बहादुर शाहीको आध्यक्षतामा तालिमको उद्घघाटन गरिएको थियो।पालिकामा अपाङ्गता सहायता कक्षा स्थापना गर्ने,पालिकाको लैङ्गिक समानता तथा अपाङ्गता भएका ब्यक्तिहरुको लागी सामाजिक समावेशिकरण निति बनाउनु पर्ने देखिएको छ ।
सार्बजनिक स्थलका संंरचनाहरु अपाङ्गता भएका ब्यक्तिहरुको लागी पँहुच युक्त बनाउने लगायतका बार्षिक कार्ययोज नानिर्माण गरिएका छन । कार्य योजनामा राखिएका सवाल तथा विषय बस्तुलाइ प्राथिकता दिदै अपांगता समावेशी विकास सम्बन्धि बार्षिक योजना तथा वजेट निर्माण गरि कार्यन्वयन गर्ने पालिकाका उपाध्यक्ष एंव अपांगता समन्वय समितिका अध्यक्ष केशर बहादुर शाहीले बताए ।
तालिम सोरुगाउँपालिका मुगु, जि.एस.एस. मुगुरयु. एम. एन. – एमडी.टि. मुगुको संयुक्त्त साझेदारीमा संचालन गरिएको थियो । तालिमको सहजीकरण यु. एम. एन.मुगुका अपाङ्गताकार्यक्रम अधिकृत तुलाराम धमला जी एस.एस.मुगुका कार्यक्रम संयोजक बासु रावलले गरेका थिए ।