जुम्लाका प्रहरीलाई प्रथामिक स्वास्थ्य उपचार सम्बन्धी अभ्यास सिप कार्यक्रम

जुम्ला ः जुम्लाका प्रहरीलाई बिपद उद्दार पीडितहरुको लागी एकदिने प्रथामिक स्वास्थ्य उपचार सम्बन्धी अभ्यास सिप कार्यक्रम दिइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा यस्तो सिपको अभ्यास गराईको हो ।


उक्त कार्यक्रममा जुम्लाका प्रहरी जवानलाई पहिलो पटक यस्तो सिप दिइएको प्रहरी नायव उपरिक्षक छेदीलाल कामतीले बताए । उनले भने, बिपद भन्ने कुरा बाजा बजायर आउदैन । उनका अनुसार बाढी, पहिरो, आगलागी जस्ता जुनसुकै बिपदका घटना हुदा उद्दारकार्यमा प्रहरी खटिएको हुन्छ । कहिकाँही सानो कुरा नजानेका कारण घाइतेको ज्यान जान्छ । त्यसैले प्रहरीलाई आकस्मिक बिपद उद्दार तथा पीडितको लागी अस्पताल लैजानु भन्दा पहिला गरिने प्रथामिक स्वास्थ्य उपचार गर्न जरुरी छ ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमारी घिमिरेले कुनै पनी ब्यत्तीले दिन मिनेट स्वास फेर्न सकेन भने उसको मृत्यु हुन्छ । उनका अनुसार बिपदमा परेका नागरिकलाई बचाउन गरिने विधि जस्ता कुरा प्रहरीले सिक्न आबश्यक रहेको छ । उनले अत्यन्तै आपत्कालीन अबस्थाहरु जसलाई र आँखा अगाडि नै देख्ने व्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु अभ्यास र सैद्धान्तिक तरिकाको बारेमा दिइने सिम महत्वपुर्ण हुने बताए । प्रजिअ घिमिरेले आयोजक जिल्ला प्रहरी कार्यालय र सहयोगी प्रतिष्ठानका डाक्टरलाई धन्यवाद दिएका थिए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले यस अभ्यास सिप लिएको प्रहरीले हजारौँ जीवन बचाउन सक्ने बताए । उनले प्रहरीका लागी आकस्मिक विपद उद्वार पिडितहरूको प्राथामिक स्वास्थ्य उपचार सम्बन्धि एक दिने अभ्यास सीप कार्यक्रम आफैमा महत्वपुण रहेको बताए । उनले सबै खालका घटनामा प्रहरी सक्रिय हुने भएकाले प्रथामिक स्वास्थ्य उपचार सम्बन्धीको ज्ञान मात्रै नभइ प्रहरीलाई आबश्यकता अनुसारको सबै कुराको सिप दिन जरुरी छ ।


जिल्ल प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको यस कार्याक्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर एलन पाण्डे, सुरेश दुलाल र विपिन लुईटेलले अभ्यास गराएका हुन । डाक्टर एलन पाण्डेको टिमले आपतकालिन अवस्थामा घटना स्थलमा नै ५÷ ७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा घट्नास्थल्मा देख्ने व्यक्तिले ज्यान बचाउन अपनाउनु पर्ने विषयमा अभ्यास गराएका छन ।

 

सम्बन्धित समाचार