जुम्ला : जुम्लाको हिमा गाउँपालिकाले दुई दिने पढाइ मेला सूरु गरेको छ। गाउँपालिकाले पालिकास्तरीय दोस्रो पढाइ मेला आयोजना गरेको हो ।बालबालिकाको प्रतिभा ,सिर्जना ,र सिपलाई पहिचान गर्नका लागी दुइ दिने पढाई मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।उक्त दुई दिने मेलामा पालिका भरीका विद्यालयहरु सहभागी भएका छन।
विद्यालयहरुले विद्यार्थीहरुमार्फत आफ्ना सिर्जनाहरु,सीप र कला प्रतिभाहरु प्रदर्शन गरेका छन। प्रतिभा प्रस्फुटनको लागि पढाइ मेला गरिएको अध्यक्ष शाही बताउँ छन । उनका अनुसार हिमासरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी लगानी गर्दै आएको छ ।
त्यस्तै पढाइ मेलाका प्रमुख अथिति समेत रहेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रुपा विकले शिक्षा क्षेत्रमा हिमा गाउँपालिकाले गरेको काम सबैका लागि अनुसरण योग्य रहेको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारका लागी स्थानीय सरकारले रचनात्मक काम गरेको बताइन ।
त्यस्तै संविधान सभा सदस्य तथा नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापित ललितजंग शाहीले शिक्षाको सबैको लागी महत्वपुण रहेको बताए । उनले शिक्षा बिना कुनै पनी विकासको अर्थ नहुने बताए ।उनले हिमाले गरेको पढाई मेलाले शैक्षिक सुधार हुने बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हिमा गापाले सिर्जनात्मक र नयाँ कामको सुरुआत गरेको बताए। उनले भने,पढाइ मेला विद्यार्थीको प्रतिभा पहिचान गर्ने, उनीहरुको ज्ञान सीपको सम्मान गर्ने थलोको रुपमा रहने छ । उनका अनुसार सिप पनी एक प्रकारको विद्यालयको पढाउने तरिका देखाउने माध्यम हो।
त्यस्तै हिमा गाउँपालिका–२ काइरेलीस्थित हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक शान्ति शाहीले आधारविकासको आधारशिला नै शिक्षा भएकोले पढाइमेला सञ्चालन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने बताइन । उनले बालबालिकाको भविष्य घर आँगनमा नै तयार पार्ने गरी शिक्षाको जग बसाल्ने प्रयास हिमा गाउँपालिकाले गरेको दाबी गरिन ।
त्यस्तै उपाध्यक्ष सुपुर्ना शाहीले शिक्षाले हिमा गाउँपालिकाले संञ्चालन गरेको पढाई मेलाले शिक्षाक्षेत्रको गुणस्तर कायम गर्ने छ ।उनका अनुसार यो पढाइमेला बिद्यालयको पँहुच भन्दा बाहिर रहेका बालवालिकाको लागी पनी प्रेणा मिल्ने छ भन्ने हाम्रो अपेक्षा छ ।
जुम्लाको हिमा गाउँपालिकाले भने सामुदायिक विद्यालय सुधार,बालबालिकाको प्रतिभा पहिचान तथा व्यवहारिक शिक्षाका लागि भने नयाँ अभ्यास गर्दै आएको छ ।बुधबार र विहिबार दुई दिने आयोजित पालिकास्तरीय पढाइ मेलमा शिक्षालाई व्यवहारिक एवम् सिप संग जोडेर शिक्षक,अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले रहेको बताइएको छ ।
हिमा गाउँपालिका–१रुपाकोट आधारभूत विद्यालयमा आयोजित पढाई मेलामा पालिकाका सात वडाका सबै विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका थिए ।स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि सामाग्री, निर्माण, विद्यार्थीहरूले आफै निर्माण गरेका सृजनात्मक सामाग्रीहरू –कथा कविता, निबन्ध, गीत, त्यस्तै, चित्रकला, हस्तकलाका सामाग्रीहरु,अन्नबाट नेपालको नक्सा,डोजर,जहाज,हलो जुँवा, लगातका बिभिन्न आकृति बनाएका थिए ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको भए पनि यसको कार्यान्वयन भने भएको देखिदैन । दोस्रो पढाईमा मेलामा अभिभावकको उत्साह जनक सहभागिता देखिएको थियो । त्यस्तै नेत्राज्योति माध्यामिका छात्रा हस्त बृहादुर रोकायाले पढाइ सँगसँगै सीप पनि सिकिरहेको बताए । उनले आफुले बनाएको काठको जोजर पनि प्रदर्शनीमा राखेका थिए ।
त्यस्तै निजी विद्यालय प्रतिको आर्कषण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यावहारिक एवम् जीवन उपयोगी बनाउनका लागी पढाई मेला गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।उनका अनुसार विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी पनी जिम्मेवार हुन आबश्यक छ । उनले,भने,‘पढाइसँगै सिप सिकाई व्यवहारमा लागु गराउने पढाइ मेला गरिएको हो । पढाइ मेलामा पालिकाभरका अभिभावक, शिक्षक तथा विद्यार्थीसहित जिल्लास्थित सरोकारवालाहरूे मेलाको अवलोकन गरेका थिए।