जुम्ला ःजुम्ला निवासी बरिष्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिन प्रकाशित डायरीमाथीकोे सम्वाद गरिएको छ ।काठमाण्डौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचिन गर्नु भएको गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा,राजमार्ग यात्रा, वेनियात्रा र आधार यात्रा जनयुद्धकालिन पुस्तकहरुको सम्वाद जुम्लामा गरिएको हो ।
लेखक धितालको गृह जिल्ला जुम्लामा रहेको पत्रकार महासंघको हलमा गरिएको सम्वाद कार्यक्रममा स्थानीय शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्व,राजनैतिकदल, प्रशासन,वुद्धिजिवीले धितालको कृति निकै महत्वपूर्ण रहेको रहेको पाइएका छन् ।
माओवादीले थालेको जनयूद्धमा होमिएका धितालले तत्कालिन जनयूद्धमा भएका क्रियाकलाप तथा ईतिहासका रुपमा लिपिवद्ध गर्नका लागी पुस्तकहरु प्रकाशित गर्नुले आफैमा महत्व रहेको छ ।
त्यस्तै पुस्तकको टिप्पणी गर्दै जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम प्रकाश आचार्यले पुस्तक आफैमा ईतिहासको जिवित दस्तावेज भएको बताए । उनले पिलीयात्रा पुस्तक पश्चिम नेपालमा भएको घटनाको विषयमा भएका गतिविधिको उल्लेख रहेको बताए । उनले भने,‘पुस्तकमा कर्णाली क्षेत्रमा भएको ठुलो घटना जनयूद्धको अन्तिम समयमा भएको छ । उनका अनुसार युद्धकालिन डायारीले आउने पुस्ताको लागी जनयुद्धको इतिहास पढ्न पाउने छन ।
त्यस्तै राष्ट्रिय समाचार समितिका प्रमुख शुरबहादुर सिंहले गुफा प्रेसका चिठीको टिप्पणी गरेका थिए । उनले युद्धमा एक साथी अर्कोमा सञ्चार गर्न, दुख, सुख, रोदन र जागर जस्ता क्रियाकलपाको विषयमा सञ्चार गरिरहेको बताए । उनलका अनुसार २सय ५३ वटा विभिन्न जनयूद्धको मोर्चामा लागेका व्यक्तिका पत्रको संगालो गुफा प्रेसका चिठी रहेको बताए । उनका अनुसार पुरानो सञ्चार माध्यामको उजागर र दस्तावेजीकरण गरिएको छ ।
त्यस्तै लेखक तथा साहित्यकार खडानन्द चौलागाईले धितालको जेल यात्राको टिप्पणी गरेका छन । उनले आन्दोलनको मौदानमा जादा जेल भुक्तान गरेको बिषय निकै संघर्षको कथा रहेको छ । उनले पुस्तकको डिजाईन, आकार, कभर पेजमा तस्बिर निकै राम्रो भएको बताए ।पुस्तकमा केही अनुच्छेद लामो भएकोले अनुच्छेद छोटो हुन आवश्यक रहेको सुझाव दिए ।
त्यस्तै कर्णाली माध्यामिक विद्यालयका प्रधानाध्यापक मिनराज शर्माले राजमार्ग यात्रा पुस्तकको समिक्षा अनुसार राजमार्ग क्षेत्रमा भएका तत्कालिन गतिविधिको बिषयमा पुस्तकले प्रष्ट पारिएको बताए । उनले शर्माले कितावमा तत्कालिन समयको राजमार्गयात्रा सहितको समग्र पुरस्तकमा हामी देशका लागि दौडिरहेका र लडिरहेका सन्देश सास्कृति ढंगबाट पनि प्रस्तुत गरिएको बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका वुद्धिजिवी संगठन जुम्लाका अध्यक्ष हिक्मत बुढ्थापाले कितावले आफैमा त्यसवेलाका गतिविधिका बिषयमा जोड दिईएको बताए ।यसको सवल पक्षमा जनयूद्ध आफैमा एउटा अवस्था थियो । यसको इतिहास प्रकाशित भएको छ, पुस्तकमा तत्कालिन समयका भाषामा केही सुधार्नुपर्नेमा बताए ।
त्यस्तै पुस्तकको समिक्षा गर्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले तत्कालिन अवस्थामा भएका र लागेका कुराहरुलाई दस्तावेजीकरण आफैमा महत्व भएको बताए । उनले लेखकलाई विकास र समृद्धिको क्षेत्रमा कलम चलाउन पनी अनुरोध गरे । उनले हरेकको घरमा किताब पुग्न र अध्यायन गर्न जरुरी छ ।
त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले हरेक वेलाका क्रान्तिलाई सघाउने केही दस्तावेजको महत्व भिन्नै हुने बताए । उनले त्यो युद्धकालिन समयमा भएका काममको लेखक धितालले गरेको मिहिनेतका लागि वधाई दिए । उनले अव हरेक क्षेत्रबाट समाजवादी यात्राका लागि सवैले सघाउनुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज विर्खबहादुर शाहीले युद्धमा भोगेका बिषयमा लेखकले थालेको ईतिहास पढ्न पाउने अवसर पाएको बताए । उनले जनयूद्धका डायरी पुस्तकले दिने तिहासको झल्को दिने बताए । त्यतिवेला भिरपाखा, खोलानाला सहित अनेकन दुख पुस्तकले दर्शाएको बताए । उनले नेपाल कम्यूनिष्ट पाटीृले थालेको जनक्रान्तिमा समेत १२ जना सहिद भएको बताउदै पछिल्ला बिषयमा सवैको ध्यान हुन आवश्यक रहेको छ ।
त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला ईन्चार्ज प्रेम प्रकाश ओलीले धितालका प्रकाशित कितावको अवस्था युद्धमा भोगेका कारण आज अध्ययन गर्न पाईने अवसरका लागि धन्यवाद ज्ञापन गरे । उनले रहेक क्षेत्रको महत्व रहेको बताउदै ,समाज रुपान्तरणको लागी बिभिन्न बिषय बस्तुमा लेखक तथा पत्रकारका कलम चल्नु पर्ने बताए ।
त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठनका कर्णाली प्रदेस अध्यक्ष देवेश्वर गिरीले विद्यालय स्तरमा समेत किताब पुग्न आवश्यक रहेको बताए । उनले युद्धको इतिहास बोकेको पुस्तकले युवा पुस्तालाई जागरुप बनाउन मदत्त गर्ने बताए ।
त्यस्तै लेखक मनऋषि धितालले आफु जन्मेको स्थानमा किताबको सम्वाद गर्दा पाएको शुभकामनाmे भिन्नै प्रेणा दिएको बताए ।उनले २४ बर्षको युवा जेलमा बस्दा देखी आन्दोलनको पृष्भूमिमा लाग्दाका कैयौ संघर्ष डायरीमा रहेको बताए । उनले वेनि यात्रामा जुम्ला, सिञ्जा र सिमिकोटको यात्रा समेत उल्लेख रहेको जानकारी दिए । उनले किताव प्रकाशन, लेखनमा सघाउनेलाई धन्यवाद दिदै गृह जिल्लाले दिएको प्रेरणा आफुनो लागी थप जिम्मेवारीको रुपमा लिएको बताए ।
त्यस्तै कर्णाली सम्वाद कार्यक्रमका अध्यक्ष तथा ईलमका संरक्षक खेमराज लकाईले कर्णालीले दिएको आतित्थ्यता देख्दा गर्व लागेको बताए । उनले भने,लेखक धिताल पूर्ण सवेदना सहितको मानव रहेको आफुले महशुस गरेको छु । उनले जर्मनी सहित विश्वमा भएका दुखत घटनाको ईतिहास रहेको बताउदै नेपालमा जनयूद्धको ईतिहास धितालले लेखेका पुस्तकबाट जानकारी हुने बताए ।
त्यस्तै माक्वादी ज्ञान केन्द्रका कर्णाली प्रदेश अध्यक्ष जयशंकर धितालले , युद्धकालिन डायरी आफैमा इतिहास बोकेको बताए । उनले आफ्नै गाउँमा जन्मिय युद्धमा होमिएका धितालका पुस्तक पढ्न पाउनु गौरब भएको बताए । उनले भने, रहेका क्षेत्रका इतिहास,लेखिनु पर्छ , समाजमा अझैपनि केही क्षेत्रमा सामान्त वाद हाबी भएको देखिन्छ ।तेतिवेलाका गरिब र निमुखाको अधिकारको लागी गरिएको जनयुद्ध हो । यसको इतिहास सबैले बढ्न र बुझ्न पाउनु पर्छ ।