कोरोना नियन्त्रणमा एक जुट हुन नेता शाहीको आग्रह ।
दिलमाया शाही
कोरोनाको महामारी बिरुद्धको लडाउमा सबैले सरकारलाई साथ दिन आबश्यक रहेको नेपाली काँग्रेसका नेता लक्ष्मण शाहीले बताउनु भयो । उहाले भन्नुभयो कोभिड १९ कोरोना भाइरसबाट विश्वनै त्रसित रहेको बेला नेपाल पनि अप्ठ्यारो परिस्थितिमा रहेको छ यस महामारीबाट बच्नका लागी सबैले आ आफ्नो तह र तप्काका सहयोग र समन्वय आत्मक भुमिका निभाउन जरुरी रहेको छ । पछिल्लो समयमा जुमलामा पनि कारोना संक्रमणको जोखिम बढ्दै गएको छ ।
कोरोनाको बढ्दो जोखिमका कारण जुम्लावासी त्रसित भएका छन् । तर कोरोना रोकथाम तथा संक्रमण फैलन नदिन आम नागरिकनै सचेत हुन जरुरी छ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले महामारी नियन्त्रणमा सबै नागरिकले सरकारलाई साथ दिनुपर्ने तर सरकारका गलत कार्यमाथि प्रश्न गर्न छोड्न नहुने बताउनु भएको छ । उहालेजुम्लामा पीसीआर प्रविधिबाट कोरोना परीक्षणको दायरा नबढ्दा संक्रमणको जोखिम बढेको बताउनु भयो । ‘कोरोना नियन्त्रणका लागि सम्पूर्ण सरोकारवालहरु सक्रिय हुनुपर्ने मा उहाको जोडछ । यस कठिन समयमा महामारीबाट हाम्रो जिल्ला लगाएत हिमा गाउँपालिकामा संक्रमित भई उपचारको क्रममा रहनु भएका सबै विरामीहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्नु भएको छ ।








