आइशोलेसमा ल्याउन आनाकानी गरेको हिमाका कोरोना संक्रमितको गुनासो ।
दिलमाया शाही
हिमा गाउपालकिा कोरोना संक्रमितले आफुहरुलाई आइशोलेसनमा ल्याउन नमानेको गुनासो गरेका छन । हिमा गाउँपालिकामा एका एक संक्रमण बढेपछि गाउँमा त्रास बढेको छ । ४ दिन अघि गाउँपालिकामा कार्यरत कर्मचारी सहित ९ जनामा संक्रमण देखिएपछि सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा थप ५१ जनाको नतिजा पोजेटिभ आएको छ ।
तर संक्रमितलाई जिल्लामा तयार गरिएको आईसोलेसनमा ल्याउन आनाकानी गरेपछि अहिले सम्म कहाँ बसाल्ने भन्ने अन्यौल भएको हो । अहिले उनिहरु कहाँ कस्तो अवस्थामा छन् थाहाँ छैन् । गाउँपालिकामा आईसुलेसन वेड छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने १ सय २० वेड आईसुलेसन तयारी अवस्थामा रहेको सरकारी तथ्यांक छ । तर अहिले १४ जना आईसुलेसनमा संक्रमित भर्ना छन् । अन्य वेड खालि भएपनि १२ घण्टा बिति सक्दा समेत संक्रमितलाई आईसोलेसनमा नल्याउदा अन्यौल छाएको छ ।
स्थानीय तहमा आईसोलेसन बनाउने निर्णय गरिए पनि संक्रमित भईसकेपछि तत्कालको व्यवस्थापन नगरिएकोमा चौतर्फी आलोचनामा भएको छ । हिमा गाउँपालिका अध्यक्ष रजवहादुर शाहीले भने हामी अर्को गाडी बनाएर पनि सदरमुकामको तयारी आईसुलेसनमा पठाउन तयार छौ तर जिल्लामा व्यवस्थापन गर्नका लागि स्थान नभएको भनेपछि अन्यौलता भएको छ ।
जिल्लाको सवै टिम गाउँपालिकातिर आउछ भन्नु भएको छ तर आजै आईसुलेसन तयारी गर्न सकिने अवस्था नभएको अध्यक्ष शाहीले बताए । जिल्लाको कोभिड व्यवस्थापन समितिको बैठकले अब स्थानीय तहमै क्वारेन्टाईनलाई आईसुलेशन बनाईने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले बताए । उनका अनुसार सिञ्जामा पनि परीक्षण गरिने भएकाले बढि भए भने जिल्लाले मात्रै नथेग्ने भएको हो । तर तत्काल संक्रमित ५१ जनालाई तयार पारिएको आईसोलेसनमा लिएर राख्दा राम्रो हुने र वाँकी व्यवस्थापन गाउँपालिकामै हुदा राम्रो हुने भन्दै स्थानिले आक्रोस ब्यक्त गरेका छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डां मंगल रावलले लक्षण भएका संक्रमितलाई मात्रै प्रतिष्ठान ल्याउने निर्णय भएको बताए ।जिल्लामा संक्रमितलाई ल्याउन भने गाडिको अभाव भएकाले सकस भएको बताईएको छ । बिपत व्यवस्थापन समितिको वैठकले मासिक एक लाख पचाँस हजार उपलब्ध गराउने गरी गाडि व्यवस्थापन गरेको छ । तर एक पटकमा ९ जना अटाउने भएकाले हिमा गाउँपालिकाले अर्को गाडि तयार गर्न सकिने बताएको छ ।यस अघि कर्णाली प्राविधिक शिक्षालयमा संक्रमित भएका व्यक्तिलाई समयमै आईसोलेसनमा नल्याएको भन्दै चौतर्फी आलोचना आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसोलेशनमा पुरयाईएको थियो ।








