अज्ञात रोगले २३ भेडा मरे पछि हिमाका किसान चिन्तामा

जुम्ला :जुम्लामा अज्ञात रोगले भेडा धमाधम मर्न थालेका छन । जुम्लाको हिमा गाउँपालिका १ का किसान विरबहादुर शाही १० वटा, कर्णबहादुर शाही ६ वटा, अकल शाही शाही ४ वटा, जिर शाहीका ३ वटा भेडा मरेका हुन् ।किसान विरबहादुर शाहीका अनुसार हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा भेडा मरेका छन् । उनका अनुसार भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने झोक्रराउने ,समस्या देखिएको छ । यो एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेका किसान शाहीले बताए ।

यहि हप्ताको ३ दिनभित्र करिब १० भेडा मरेका छन् । यता रोगको वारेमा के हो भन्ने बिषयमा जानकारी भएको छैन । हिमा गाउँपालिका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमप्राविधिक पठाउने तयारी भएको बताए । उनका अनुसार औषधी सकिएको र स्थानीय तहमा खरिद गर्ने तयारी भईरहेको छ । समयमै औषधी नपुग्दा समस्या भईरहेको किसानको गुनासो बढरिहेको छ । औषधी पशुअस्पताल तथा पशुसेवा कार्यालयमा माग गरिएको छ ।
भेडा मर्नथालेपछि अहिले भेडा कालाकाटिया तिर सारिएको किसानले जनाएका छन् । यता पशु अस्पताल तथा पशुसेवा कार्यालयले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले गर्यो भने आवश्यक औषधी पठाईदिने बताएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा शाखाको समन्वयमा रोगको पहिचान गरि उपचार गर्ने बताए ।

 

सम्बन्धित समाचार