पाँच वर्षकी बालीका माथी यौन दुर्व्यवहार : प्रहरीको बयानमा पीडितले होईन भने पछि आरोपित हिरासत मुक्त


जुम्ला :पछिल्लो समयमा बलात्कारका घटनाहरु अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेकाले पाइन्छ ।मुलुकी सँंहिताले बालयौन दुर्व्यवहारको विषयलाई छुट्टै अपराधको रुपमा राखेको छ । यस्तो अपराधलाई जबरजस्ती करणी उद्योगका रुपमा लिइने पनि गरिन्छ ।आर्थिक अभावका कारणले बुवाआमा दुवैजना काममा जाने,सानो उमेर समूहका बालिबालिका अरूको कुरा छिट्टै पत्याउने स्वभावका हुने र परिवारको आर्थिक अवस्था कम्जोर भएकाहरुले तेति समय नदिने र मनोरञ्जनका अन्य विकल्प नभएका बालबालिका छिट्टै अरूको सम्पर्कमा पुग्ने गरेको पाइन्छ ।

पछिल्लो समयमा जुम्लामा यस्ता प्रकारका घटना बाहिर नआउने ,आए पनी पँहुज भएका ब्यक्तिहरुले गुपचुप राख्ने गरेका कारण अपराधीक क्रियाकलापहरु बढने गरेको पाइन्छ ।यसको उदारण हुन गुठीचौर गाउपालिकाकी पाँच वर्षकी बालिका । उनी यहि  जेठ १८ गते शुक्रबार अन्दाजी साढे तिन बजेको समयमा आफ्नो घरको तलतिर उभिएकी छिन ।

त्यही मौकामा उनकै गाउकै नेपाल मजदुर किसान पाटी जिल्ला कार्यसमितीका पुर्व सचिब तथा अहिलेका सदस्य ६४ वर्षका राज बहादुर अधिकारी तलतिर उभिएका हुन्छन ।उनले ति बालिकालाई हात हल्लाउदै बोलाउछन । बालिका आउँछिन ।उनले बालिकले लगाएको सूरुवाल खोल्न छन ।

त्यसपछि अधिकारीले आफ्नो अश्लीलिङग पनि निकाल छन। घर भन्दा करिब एक सय मिटर तल रहेको खेतको काल्नमा उभ्याउँछन र आफ्नो शारिरमा टाँस्न थाल्छन ।उनको त्यो हर्कत सोही गाउँकाकी दुई किशोरी पार्वती न्यौपाने र रिता न्यौपानेले अलि पर रहेको स्याउको बगैंचा बाट देखि रहेकी हून्छन ।
बालिकालाई करणी गर्न लागेको कुरा देखे पछि उनीहरु दुबै जनाले बाजे बाजे भनेर कराउन थाल्छन । त्यही क्रममा आफुलाई कम्युनिष्टका नेता भनेर परिचित अधिकारी बालिकालाई त्यही छोडेर दौडेर भाग्छन । बालिका बिस्तारै घर तर्फ लाछिन ।केही समय पछि फेरी ति बालिकालाई ललिपभ नामको चकलेट किनी दिनछन र उनलाई यस्तो कुरा नभन्नु भनि सिकाउँ छन ।

ने.मा .कि.पा.का नेताले जिल्ला प्रहरीमा बालिकाले पिसाब फेर्छु भने पछि बालिका र मैले संगै पिसाब फेरेको भनेको हल्ला सुनिन्छ । तर प्रहरी उनीहरु संग भएको लिखित बयान भने दिएकाे छैन । सुन्दै पनी अचम्मा  लाग्छ, अहिले सबैको घर नजिकै शौचालय हुन्छन । ती बालिकालाई खेतमा बोलायर संगै पिसाब फेर्ने अबस्था किन आयो ?पिसाब फेरेकै भरमा किन गाउमा मान्छे जम्मा गरेर  छलफल  किन गरियो ?गुठीचौर गाउपालिकामा रहेको प्रहरी चौकिले किन उनलाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा पठायो ?एक रात हिरासतमा किन राखियो ?भन्ने कुरा आम नागरिकको प्रश्न हो । उसो त जुम्लाका नेता तथा पहुँच  वाला ब्यक्ति  जाेडिएका अपराधका मुद्दाहरुमा प्रहरीले हैसित हेरेर अनुसन्धान गर्ने गरेको कुरा कुनै नौलो होइन ।यस पटक पनी त्यहि दोहोरीएको हो ।

त्यस्तै बालिका भन्छिन ,मलाई बाजेले चकलेट किनि दिउला भन्दै मेरो सूरुवाल खोले ,आफ्नो पिसाव फेर्ने लिकालेर मलाई हातले समाउन लगाए मेरो पिसाब फर्ने ठाउको बाहिर तिर लगाउदै थिए । दिदिहरुले कराउनु भो अनि बाजे जानु भो ,फेरी पछि बाजेले चकलेट  किनी दिनु भो । बालिकाका अनुसार ,प्रहरीको अगाडी मैले र बाजेले पिसाब फेरेका हौँ ,भन्नु भन्न लगाएका थिए । तिमिले हो भनेउ भने, तिमिलाई प्रहरीले यहि भित्रै राख्छ भनेका थिए । मैले त्यही भयर होइन भनेकी हु ।

यो कुरा ति दुबै जना किशोरीले बालिकाकी आमा संग भन्छन । त्यस पछि बालिकी आमाले आफ्नो छोरी माथी भएको गलतका बिरुद्ध गाउँका केही महिला संग गुहार मागेकी थिइन । यो यहि जेष्ठ १८ गते गत सुक्रबारको कुरा हो । १९ गते शनिबार सोही गाउँमा छलफल चलेको थियो ।

त्यस पछि कुरा नमिले पछि शनिवार साँझ गाउँभरी हल्ला फैलियो । गुठीचौर गाउँपालिकाको प्रहरी चौकीको टिम पुगेर बालिका र उनकी आमालाई सुरक्षाका लागी र आरोपितलाई प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय जुम्ला पठाएको थियो । आरोपित अधिकारी एक रात प्रहरी हिरासतमा बसे ।

प्रहरीले प्रकाउ गरी जिल्ला पठाए पछि प्रकाउ पर्ने पक्षका केही गाउले आयर देख्ने किशोरीका घरपरिवार संग झागडा गर्न थाले ।भोलि पल्ट प्रत्यक्षदर्शि भनिएकी दुई किशोरीलाई प्रहरीले बोलाएको थियो । किशोरीका अनुसार उनीहरुलाई प्रहरीकोमा जानु भन्दा पहिले आरोपित अधिकारी की छोरीको  चन्दननाथ नगरपालिका नजिकै बजारमा रहेको कोठामा लगिएको थियो ।

त्यहा वडाध्यक्ष ,बालिकाका मामा सहित पीडक पक्षका आफन्त बसेका थिए ।देख्ने किशोरीलाई उनीहरुले चौतर्फि दवाब दिएका थिए । उनीहरुलाई तिमिहरुले सहि कुरा गरे पढाइमा बाँधा पुग्ने , पीडकको आधा सजाय तिमिहरु दुई जनाले पनि भोग्नु पर्ने, लगायतका धम्की दिएपछि ति दुवै किशोरीले जिल्ला प्रहरी कार्यालयमा होइन भनेका थिए ।

त्यस्तै जुम्ला प्रहरीका अनुसार पीडित बालिकाका आमा बुवाले समेत जाहेरी नदिएको र ,स्वम देख्ने ब्यक्तीहरुले होइन भनेकोले हामीले तारिकमा छोडेको बताइएको छ ।प्रहरी निरीक्षक उमेश चन्दका अनुसार बालिकाका आमा बुवा र देख्ने किशोरीहरुको हामीले भिडियो गरेका छौँ ।उनीहरुले होइन हामी टाढा थियौँ,बालिकालाई पिसाव फेर्नका लागी गरेका रहेछन भने पछि छोडेका हौँ । उनले भने,‘प्रहरीले मिलापत्र गरेको होइन ।त्यो घटनाका आरोपितलाई भित्र राख्न मिल्ने कुनै प्रमाण भेटियन हामीले तारिकमा छोडेका छौँ ।बालीकाको स्वास्थ्य परिक्षण गर्दा केही देखिएन ।

उसो त बालयौन दुर्व्यवहार भएको कुरामा स्वास्थ्य परिक्षण आउने कुरै भएन । जुम्लामा यस अघि पनि शिक्षक ,आफ्नै बाउ,परिवारका आफन्तबाट बालिकाहरु बलात्कारको सिकार हुने गरेका घटनाहरु सार्वजानिक हुने गरेका छन ।पँहुज भएका ब्यक्तिले बालिकालाई आर्थिक र पढाउने प्रलोभनमा पार्ने गरेको पाइन्छ ।

त्यस्तै गुठीचौर गाउपालिकाका उपाध्यक्ष शान्ति मल्ल भण्डारीका अनुसार गाउमा बालिका माथी यौन दुर्वेब्यवहार भयर छलफल भइरहेको हल्ला आएको थिए ।

गुठीचौर गाउपालिकाको प्रहरी चौकीका इन्चार्ज पृथ्वी बहादुर बुढा गएका थिए । निकायमा गएको कुरा अनुसन्धान हुन्छ भनेर केही चासो दिएनौँ । उनले भनिन,‘पछि होइन भनि छुटेको भन्ने खवर सुनेका छौँ । यदि नभएको भए किन गाउमा छलफल गरियो भन्ने कुरा हो ।यसको लागी हामीले गर्ने सहयोग गर्छौ । दोषिलाई उन्मुत्ति दिन हुन्न ।यति आरोपित निर्दोष भएको खण्डमा पनि गलत आरोप लगाउने लाई प्रहरीले कारबाही गर्न पर्छ भन्ने मेरो भनाइ हो ।
यस्तो भन्छन वडाध्यक्ष
त्यस्तै गुठीचौर चार का वडाध्यक्ष टिका दत्त न्यौपाने भने,मैले गाउमा भएको छलफलको कुनै जानकारी पाएको थिइन । प्रहरीले प्रकाउ गरे पछी म बजार आएको थिए नागरिकले धेरै पटक फोन गरेपछि म त्यहा गएको थिए । त्यहा अरुपनि गाउँका मान्छे आएका थिए । बालिका माथी जवरजस्ती करणीको प्रयास गर्दै गर्दा देख्ने दुइ किशोरीलाई बोलायर मैले साँचो कुरा के हो भन भनेको थिए । त्यो वेला दुबै किशोरीले हो हामीले देखेकै हुँ भने पछि म केही पनी बोलिन ।

म तत्तकाल बाहिर आइसेको पछि अरुले के भन्न लगाए थाहा भएन । प्रहरी बाट मलाई फोन आएको थियो । मलाई ति आरोपित अधिकारी लाई छोड्नका लागी रोहवरमा बस्नुहोस भन्नु भएको थियो । मैले मेरो नाम पनी नलेख्नुहोस म यस्ता बालिका करणीको प्रयास ,बालविवहा,बहुबिवाह जस्ता सरकार बादी मुद्दाहरुमा बस्न मिल्दैन भनेर निस्केको हुँ । मैले कुनै ठाउ हस्ताक्षेर गरेको पनी छैन ।अरु मलाई कुनै कुरा थाहा भएन । उनले भने,‘वडा सरकारको तर्फबाट कुनै पनी गलत गर्ने ब्यक्तिलाई सजाय हुन पर्छ भन्ने पक्षमा छु ।

त्यस्तै गुठीचौर गाउपालिका सोही वडाकी कार्यपालिका सदस्य नन्दरुपा न्यौपाने, सदस्य सिता नेपाली बालिका माथी यौन दुर्व्यवहार गरेको भनि हल्ला सुनेको बताउछन । उनीहरुका अनुसार हामीले आँखाले देखेनौ,गाउमा हुने छलफलमा पनी हामीलाई बोलाएनन, तर गाउँमा छलफल गरेको भन्ने सुनेका हौँ ।
त्यस्तै बालिका यौन दुर्व्यवहार, करणी सम्बन्धी कसूरमा पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसूरमा उजुरी नगर्न,जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन. वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दवाब दिन वा प्रभावमा पार्न हुदैन भन्ने कनुनी ब्यवस्था स्पष्ट छ ।

त्यस्तै गुठीचौर गाउपालिकाको प्रहरी चौकीका इन्चार्ज बुढाको नेतित्वको गाउ गएको प्रहरीले ६० भन्दा बढी त्यहाका स्थानीयहरुले छलफल गरिरहेको अबस्थामा प्रकाउ गरी गत्त शनिवार साँझा जिल्ला प्रहरी कार्यालय जुम्लामा पठाएको हो ।उनका अनुसार हामीले प्रकाउ गरेको पत्र बालिका माथी यौन दुर्व्यवहार गरेको भन्ने किशोरीको बयानको भिडियो गरेका थियौँ सबै जिल्ला पठाएको बताए ।उनलाई एक रात हिराशतमा राखेको थियो ।भोली पल्ट बालिका यौन दुर्व्यवहार गर्न देख्ने किशोरीलाई आरोपितका पक्षले बयान फेरेको भन्ने सुनीएको छ हामी संग बाउ.आमा किशोरी सबैले हो भनेका थिए । त्यस्तै बालिकाका बाबाभन्छन,‘ हामी प्रहरीको म गएका थियौँ । प्रहरीले जाहेरी ल्याउनुहोस भनेन । छोरी स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन ।
प्रहरीले स्वास्थ्य परिक्षण गर्दा केही देखिएन,भनेपछि हामीले पनी छोरी माथी करणी भएको छैन भनेका हौँ ।उनले भने,‘छोरी बाजे संग बिस्कृट किनी माग्न जान्छु भनि गकी थिइ । म सुतेको थिए । पछि केही समय पछि दुई चक्लेट ल्यायर आएकी हो । हामीले देखेका होइन ।दुई किशोरीले भनेको कुरा हो ।
के भन्छन देख्ने किशोरीहरु
प्रत्यक्ष दर्शी किशोरी रिता न्यौपानले भन्छिन, म र पार्वती एसईई दियर बसेका बिद्यार्थी हौँ । हामी स्याउको बगैँचामा मोबाइल हेरेर बसेका थियौँ । त्यो नानी आफ्नो घर तलपल्टीको खेतको भिड्टामा उभिएकी थिइन ।त्यही समयमा बाजे अलि तल थिए ।उनले नानीलाई हातले डाके,नानी तल आई हामी हेरि रहेका थियौँ। बाजेले हामीलाई देखेका थिएनन ।

पछि नानीले माथी तिरको लगाएको कपडा हातले समाती,अनि बाजेले तलको सूरुवाल खोले,त्यस पछि आफ्नो अश्लीलिङ निकाले त्यसपछि नानीलाई खेतको काल्नतिर उभ्याए,आफ्नो एक खुट्टा खेतको काल्नमा टेके अनि नानीलाई आफु संग टाँस्दै गर्दा हामीले बाजे बाजे भनेर कराएका हौँ ।हामी रायपछि बाजे हतार हतार दौडिय हामी पनी बाजे र नानी भएको ठाउमा गयौँ ।

त्यही पिसाव पनी फेरेको थिएनन ।पछि नानीलाई भेट्दा रोइन,हामीले हामिले केही गर्दैनौ भन भनेपछि त्यो नानीले पनी आफ्नो सूरुवाल खोलेर पिसाव फेर्ने हातमा समाउन लगाएको बताएकी थिइ ।हामीले सूरुमा नानीको आमा संग भनेका हौँ ।

त्यस पछि गाउको सर्पराज न्यौपानेको घरमा छफफल भएको थिए । प्रहरी आएपछि बाजेलाई प्रकाउ गरी लगेको थियो ।बाजेको बुहारी  हामीले पढेको स्कुललको शिक्षक पनी हुन ।उनले हामीलाई सहि कुरा भने पछि उल्टै कानुनी सजाय बोग्नु पर्छ, तिमिहरुले भखरै एस ईई दिएका छौ । पढाइमा समस्या आउछ भन्ने डर त्रास देखाय पछि हामीले होइन भन्न बाध्य भएका हौँ ।त्यस्तै अर्कि किशोरी पार्वती न्यौपानेले पनी नानीका बाउआमा लगायतका ब्यत्ति आफै चुप्प लागेपछि हामीले पनी बाध्यता भयर होइन भनेका हौँ।
सजायको व्यवस्था
बालअधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी बालबालिकाको सर्वाेत्तम हित सुनिश्चित गर्न बालबालिकासम्बन्धी ऐन २०७५ छ ।यो ऐनमा बालबालिकामाथि हुने यौन हिंसा, यसविरुद्ध सजायको व्यवस्था पनि तोकिएको छ ।यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा छुने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो, अरु कसैको शरीरको संवेदनशील अंग छुन, समाउन लगाउने , यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने लाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदको ब्यवस्था छ ।

 

सम्बन्धित समाचार