जुम्ला ः विश्व विख्यात योग गुरु स्वामी रामदेवज्युका शिश्य स्वामी कर्णदेवज्युको उपस्थितीमा संञ्चालन भएको जुम्लामा पाँच दिने बृहत योग,ध्यान शिविर सम्पन्न भएको छ । पतंजली योग समिती कर्णाली प्रदेशका सह–प्रभारी केन्द्रीय योग प्रशिक्षक जय बहादुर मल्ल पनी यो बृहत योग,ध्यान शिविरमा आएका थिए । विश्व विख्यात योग गुरु स्वामी रामदेवज्युका शिश्य स्वामी कर्णदेवज्युले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको बताए। उनले योगले शरीर र दिमागलाई स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको बताए । उनले सबैको दैनिकीसँग योग अभ्यास जोड्न अनुरोध गरे ।
शिविर चन्दननाथ नगरपालिका र आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन भएको नगरपालिकाका मेयर राजु सिहं कठायतले बताए । उनले मनलाई नियन्त्रण गरि सम्पूर्ण बन्धनबाट मुक्त गराउने अभ्यास योग भएको बताए । उनका अनुसर व्यक्ति व्यक्तिमा योगाको महत्व बारे जानकारी दिन शिविर आयोजना गरिएको हो । योग शारिरीक अभ्यास विना नै शारिरीक अवस्था सन्तुलित र स्वस्थकर राख्ने कलाको प्रयोग जीवनका लागि निकै लाभदायी र उपयोगी भएको माएिको छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार धिमिरेले योग जुन अवस्थामा पनि गर्न मिल्ने र जुनसुकै स्थानमा पनि गर्न सजिलो व्यायम भएको बताए । उनले यो बृहत योग शिविरले यहका नागरिकलाई सिक्ने अवसर मिलेको बताए । उनले योग मार्फत नागरिकको स्वास्थ्यमा सुधार गर्ने उद्देश्य बृहत् योग शिविर सञ्चालन गरिएको बताए । आयोजित शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागितामा रहेको थियो ।
त्यस्तै कार्यक्रमको समापन गर्दे आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्द प्रसाद न्यौपानेले योग, ध्यान र प्राणायामलाई दैनिक जीवन पद्धति बनाई स्वस्थ जीवन जिउन सबैलाई आग्रह गरे । उनले शरीर, मन, बुद्धि र आत्म शुद्धिका लागि अपरिहार्य मानिएको योगाभ्यासलाई जनस्तरसम्म फैलाउनु पर्ने बताए । यो शिविरमा दैनिक एक सय जना बढीले शिविरमा सहभागी हुने गरेका थिए । त्यस्तै आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले जुम्लामा पनी योग अभ्यास एक महिना अगाडी देखी गराउदै आएको थियो ।यसले गर्दा जुम्लाका नागरिकमा योगप्रतिको जागरण बढेको छ ।
यो शिविरमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित शारीरीक रोगहरु निको पार्न सकिने, मोटोपन, मधुमेह, कोलेस्ट्रोल, कब्जियत, दम, एलर्जी, माइग्रेन, ब्लड प्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारीरीक विकार नष्ट गर्न सकिने र शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने दाबी छ । योगलाई सामान्यतया, आत्माको परमात्मासँगको जोड भन्ने गरिन्छ । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ ।