तिलाको माने चौरमा निशुल्क स्वास्थ्य शिविर

जुम्ला : तिला गाउपालिकाको स्वास्थ्य शाखाले दुई दिने दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । उपाध्यक्ष कार्याक्रम अन्तरगत्त तिलागाउँपालिकाको मानेचौरमा निशुल्क स्वास्थ्य गरिएको हो । उत्त निःशुल्क स्वास्थ्य शिविर ३ सय ४ जना लाभान्वित भएका छन ।जनता सँग उपाध्यक्ष कार्यक्रम मार्फत स्त्रीरोग, हड्डी नशा लगायतको रोगको बारेमा चेकजाँच गरिएको तिलागाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन । उनका अनुसार पाठेघरको जाँच सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।


महिलाहरुमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, स्वास्थ्यकर्मीको टोलिले जाँच गर्न लागीएको हो । उनले भनिन,‘कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम बढेको छ ।


त्यस्तै स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका महिलाको रिङ पेसरी राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका संयोजक हर्क बहादुर रावतले बताए । उनले भने,‘तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि औषधि वितरण गरिएको छ। जटिल समस्या भएकाले हरुलाई रिफोर गरिएको छ ।उनले भने,‘ ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेको छ ।यस कारण यो शिविर गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेका छन ।


त्यस्तै पिछडिएका नागरिकका लागि सो शिविर निकै उपलब्धिपूर्ण भएको तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले बताए ।उनले भने,“यहाँका नागरिकलाई वास्थ्य जाँच गराउन कठिन छ तर यस पटक जनताले गाउँमै स्वास्थ्य सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो । शिविरमा स्वास्थ्य अवस्थाको पहिचान हुनाका साथै ग्याष्ट्रिक, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, बाथ, पेट, खोकी र श्वासप्रश्वासलगायत रोगको उपचार गरिएकोे छ ।

सम्बन्धित समाचार