जुम्ला : जुम्लामा यान्त्रिक कार्यालय स्थापना भएको छ ।जुम्लामा नेपाल सरकार भौतिक पुर्वधार तथा यातायात मन्त्रालय सडक बिभाग अन्तरगतको यान्त्रिक कार्यालय जुम्ला आइतबार स्थापना गरिएको हो ।झण्डै दुई वर्ष अगाडी नामको मात्रै यान्त्रिक कार्यालय भनेर राखिएको थियो ।वर्षायामको बाढी पहिरो,र हिउदे समयमको हिमपातले गर्दा सडक अवरुद्ध हुदा तत्काल खुलाउन समस्या हुने गरेको थियो ।यस पटक देखि जुम्लामै कार्यालय बनाइ यान्त्रिक कार्यालय स्थापना गरिएको छ ।
अहिले तत्तकालका लागी मेकानिकल इन्जिनियर सौगात पाण्डेलाई प्रमुखको जिम्मेवारी दियर सडक डिभिजन जुम्लाको भवनमा यान्त्रिक कार्यालय स्थापना गरिएको छ ।आबश्यक कर्मचारी र मेसिन औजारसहित यान्त्रिक कार्यालय स्थापना गरिएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हेभी इक्वीपमेन्ट डिभिजन, नेपालगन्जका प्रमुख जय मगल रायको अध्यक्षता र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको प्रमुख आथित्यतामा यान्त्रिक कार्यालय जुम्ला स्थापना गरिएको हो ।
हेभी इक्वीपमेन्ट डिभिजन, नेपालगन्जका प्रमुख जय मगल रायका अनुसार हिमाली जिल्लाको जुम्ला मुगु र कालिकोटको पहुँचमा यान्त्रिक कार्यालय नहुँदा लामो समयय सम्म सडक अरुद्ध हुने समस्या बढ्दै गएको थियो ।
यसलाई मध्यजनर गरी जुम्लामा यो कार्यालय स्थापना गरिएको हो ।उनले भने,‘ यान्त्रिक कार्यालयलाई मेसिनरी औजारहरु राख्नका लागी धेरै जग्गा चाहिने भएकाले यहाका सरोकारवाला पक्षले सहयोग गरिदिन अनुरोध गरे । उनले कर्णालीको सडकको अवस्था ,बाढीपहिरोको अवस्था कस्तो छ भनेर पनी जुम्ला हुदै मुगु सम्म अनुगमन गर्न कार्याक्रम रहेको बताए । प्राकृतिक विपद् भनेको हामीले भनेको, सोचेको जस्तो नहुने कारणले हामीले भने जस्तो हुँदैन । तर, पनि सडक अबरुद्ध भएको खण्डमा यात्रुहरुलाई चाँडो बाटो खुलाएर गन्तव्यमा पुर्याउन लागि यो यान्त्रिक कार्यालय जुम्ला सधैभरी यतार हुने छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले यान्त्रिक कार्यालयले सरकारी गाडी मर्मत गर्ने देखि अवरुद्ध भएको सडक खोल्ने काम गर्ने भएकाले यो कार्यलय अति आबश्यक थियो ।यो कार्यालयको स्थापनाले बिग्रेका सरकारी गाडी मर्मत गर्ने अवरुद्ध बाटो खोल्ने काम छिटोछरितो हुने छ भन्ने बिश्वास गरेको छ ।उनले,यस कार्यालयको लागी चाहिने आबश्यक जग्गा खोज्न पहल गर्ने बताए।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले यान्त्रिक कार्यालय स्थापनाका लागि आवश्यक पहल गर्ने सबैलाई अभार ब्यत्त गरे ।वर्षा अगावै कार्यालय स्थापना भएकाले वर्षात्को सडक अबरुद्ध भएको खण्डमा समयमा याताया सञ्चालन गर्न सहज हुने बताए ।
त्यस्तै सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र बहादुर बिष्टले जुम्लाको डक डिभिजन कार्यालय स्थापना र यान्त्रिक कार्यालय स्थापनाको कार्यक्रम संयुक्त रुपमा गरिएको बताए । उनले भने,यसभन्दा अगाडि पनि हामीले बर्खाको बेलामा कार्णली राजमार्ग अवरुद्ध भएर धेरै दुःख पाएका छौँ ।
त्यो अनुभवलाई लिएर यहा यान्त्रिका कार्यालय स्थापना भएको छ ।उनका अनुसार अबका दिनमा सकेसम्म राजमार्ग अवरुद्ध नहोस् र भइहाले पनि सकेसम्म चाँडै त्यसलाई खुलाउन सकियोस भनेर यतारी यस कार्यालयले थाल्ने छ ।
त्यस्तै नेपाल सरकार भौतिक पुर्वधार तथा यातायात मन्त्रालय सडक बिभागले नेपालको पूर्वाधारको विकास गरी राष्ट्रिय रणनैतिक यातायात सञ्जाल मार्फत देशका विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई एक अर्कासँग आबद्ध गरी मुलुकको आर्थिक एवं सामाजिक विकास अभिवृद्धि गर्नुका साथै देशका ग्रामीण क्षेत्रहरुलाई स्थानीय बजारहरुसँग आबद्ध गरी पर्यटन, कृषि, विद्युत,उद्योग लगायत विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित कृयाकलाप एवं आयोजनाहरुलाई टेवा पु¥याउने उद्देश्य रहेको छ ।