सिंजा गाउँपालिकाको दुई वर्षे प्रगति सार्वजनिक


जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकाले दुई बर्षे प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले पत्रकार भेटघाट बाट आफ्नो करिब दुई बर्षे कार्यकालको प्रगति सार्वजनिक गरेका हनु ।

त्यस्तै सिँजा गाउँपालिकाले खसभाषामा निति तथा बजेट बाचनको खस पात्रो निर्माण तथा प्रयोग, गरेको छ । अध्यक्ष धितालका अनुसार गाउँपालिका स्तरीय हाटबजार सञ्चालन खस सभ्यता संरक्षणका कार्यक्रहरु गएिका छन । गाउँपालिका अध्यक्ष धितालले खस सस्कृति सँग जोडिएको मष्टो परम्पराको प्रवर्धन गर्न यस बर्ष बृहत केदारनाथ मेला सम्पन्न गरिएको छ ।
त्यस्तै गाउँपालिकाको प्रगति प्रतिवेदनमा आर्थिक बर्ष २०७९।०८० देखी गाउँपालिकाको निति तथा कार्यक्रम खसभाषाबाट सुरुवात गरिएको छ । प्रगति प्रतिवेदनमा सिंजा गाउँपालिकाबाटै पहिलो पटक सदरमुकाम बाहिर नराकोट ईलाका प्रशासनबार्टै राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।

गाउँपालिकाले आफ्नो कार्यकालमा आफ्नै प्रशासकीय भवन संचालनमा ल्याएको तथा दोस्रो तला निर्माण भईरहेको जानकारी दिएको छ ।सुशासनको पाटो यसरी प्रगति सार्वजनिक तथा सार्वजनिक सुनुवाई कार्यक्रम समेत शुरुवात गरिएको जानकारी दिनुभयो । यसैगरी गाउँपालिकाको विकासका लागि विज्ञ समुह गठन गरि प्रस्ताव पेश गरिएकोछ । अध्यक्ष धितालले आफ्नो प्रगति प्रतिवेदनमा सिंजा गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंक स्थापना गरिएको छ ।
त्यस्तै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यका लागि घरदैलो स्वास्थ्य कार्यक्रम, सम्पन्न गरिएको छ । यसैगरी जिल्लाको स्वास्थ्य नतिजा अनुसार सिंजा गाउँपालिका स्वास्थ्य शाखा उत्कृष्ट शाखाको रुपमा जनस्वास्थ्य सेवा कार्यालयले घोषणा गरको छ ।गाउँपालिकाले शिक्षा क्षेत्रमा विद्यालय सुधारका लागि विभिन्न प्रकारका क्रियाकलापहरु गरिरहेको छ ।

त्यस्तै सिंजा क्षेत्रकै ३ वटा स्थानीय तह हिमा, कनकासुन्दरी र सिंजाका नागरिकलाई केन्द्रमा राखेर हाल ईलाका प्रशासन कार्यालयले नागरिकता बितरण गरिरहेको अवस्थामा मालपोत र नापी कार्यालयको समेत पहल भईरहेको छ । ्
अध्यक्ष धितालले सिंजामा नापी र मालपोत कार्यालय विभिन्न १९ वटा चरण पार गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा पेश भएको जानकारी दिनुभयो । त्यस्तै सिंजा गाउँपालिकाको वडा नम्बर ६ मा वहुप्राविधिक शिक्षालय स्थापना गर्न नागरिकबाट जग्गा प्रदान तथा प्रक्रिया अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

सिंजा गाउँपालिकाको सदरमुकाम जोड्ने गौरवको सड्क छकालेपानी देखी झिम्री कुना सम्मको सड्क अगाडि बढाईएको छ । दुर्गम क्षेत्र वडा नम्बर ६ सम्म ८ मिटरको बाटो बिस्तार गरिएको छ । मुख्य सड्क धितालिही देखी को भैसे गौडाको अप्ठ्यारो बाट राम्रो बनाईएको छ । गाउँपालिकाले आफ्नै खस सस्कृतिको संरक्षण्का लागि हरेक बर्ष असार ३० मा काफल दिवस, चैत १२ गते धान दिवस, वैशाख १ गते तागा दिवस, साउन १ गते खस दिवश र भाद्र १० गते स्याउ दिवश मनाउने पात्रो सार्वजनिक गरेको छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सितली रोकायाले महिला स्वास्थ्य स्वंसेविका प्रोत्साहन तथा सम्मान कार्यक्रम, शाखा मार्फत महिला वालवालिका र लक्षित बर्गका कार्यक्रम संचालन गरिएको जानकारी दिएको छ ।उनका वि.सं २०७९ सालमा आएको आएको बृहत बाढि पहिरो पछिको विपतबाट क्षेति व्यहोरेकाले भत्किएका घरधुरीका लागि पहल भईरहेका छन । पत्रकार भेटघाटबाट प्रगति सार्वजनिक कार्यक्रमम पत्रकारले जिज्ञासा राख्नुका साथै विभिन्न राजनैतिकदलहरुले सुझाव समेत राखेका थिए । नेकपा माओवादी केन्द्रले जुम्लामा आफुले नेतृत्व गरिरहेका पालिका र वडाका प्रगति सार्वजनिक गर्न निर्देशन दिएपछि यहाँका गाउँपालिका र १८ वटा वडाले एकैसाथ प्रगिति सार्वजनिक गरेका हुन ।

 

सम्बन्धित समाचार