जुम्लाका किसानले पाए अनुदानमा खेत जोत्ने ट्याक्टर


जुम्ला :जुम्लाका किसाननले अनुदानमा मिनि हाते ट्याक्टर पाएका छन । परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न स्याउ सुपोरजोन जुम्लाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाएका हुन ।त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समुह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेम राज शाहीले बताए । उनका अनुसार यस वर्ष ६१ वटा मिनि हाते ट्याक्टर बितरण गरिएको छ ।

यान्त्रिकरण वितरण कार्यविधिअनुसार कार्यक्रममा आएको १२ लाख स्याउ सुपोजोनको बजेट र किासानको १२ लाख गरी ६१ वटा हाते ट्याक्टर वितरण गरिएकोछ । हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएको ५० प्रतिशत अनसदानमा किसानलाई हाते ट्याक्टर दिइएको हो। उनका अनुसार यो खेत जोत्ने ट्याक्टर ३९ हजार नौ सय मुल्यको हो । यसको आत्रा १९ हजार नौ सय ५० रुपैया किसानको आफ्नो लगानी छ । यस कार्यालयले गरेको २१ दिने सुचना पछी राजेन्द्र एण्ड रक्तिम र दुलाल मेसिनरी औजार सप्र्लासले खरिदको लागी ठेक्का पाएको थियो ।

त्यस्तै पछिल्लो समय गाउँघरमा भएका युवा विदेश पलायन हुने समस्याले कृषि यान्त्रीकरणका लागि हाते ट्याक्टर नै उपयुक्त मानिदै आएको कृषि विज्ञ बताउँछन्। जुम्लाको आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले अब कृषि र बन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको छ, प्रमुख शाहीले भने,‘सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रीकरणको प्रयोग बढ्ने र उत्पादनले समेत बजार पाउने देखिन्छ।

कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले हिमाली क्षेत्रमा लक्ष्य अनुसारको उब्जनी हुन सकेको छैन्। .परम्परागत शैलीमा गरिने खेतीपातीले उत्पादकत्व ह्रास हुदैै गईरहेको छ । खनजोत देखि मलजल सम्मका विविध पक्षमा आबश्यक ज्ञान तथा साधन नहुँदा पनि हिमाली जिल्लाको कृषि क्षेत्रमा निकै समस्या देखिएको छ। जग्गाहरु बाझो नहुन भन्नका लागी किसानलाई आधुनिकीकरण तर्फ लिन आवश्यक रहेको छ।

त्यस्तै गाउँ गाउँमा सडक पुगेका छन्। खानेपानी शिक्षा, संचारमा पनि उतिकै प्रथामिकता छ। कृषि क्षेत्रको समृद्धिका लागि यहाँका व्यवसायिक कृषकलाई आधुनिक हाते ट्याक्टर(मिनिटिलर) वितरण गरेको हो। खनजोतमा सहजता होस्,खनजोतकै अभावले बाझा रहेका जग्गाहरु प्रयोगमा आउन् भन्ने उद्देश्यले हाते ट्याक्टर दिइएको हो। इन्धन मार्फत संचालन हुने आधुनिक मिनिटिलर खेतमा खनजोत गर्छ।.भने सबै जग्गा सदुपयोग भए उत्पादन बृद्धि हुने अनुमान गरिएको छ।

तर घर भन्दा टाढा रहेका जग्गामा गोरुद्धारा हलो लिई खनजोत गर्न नसकि बाँझो रहेका जग्गा अब प्रयोगमा आउने किसानको भनाइ छ। हाते ट्याक्टर पाउने ६१ जना कृर्षकलाई दुइदिने जिल्ला स्तरमा उन्नत ,प्रविधि, प्रथामिकता, प्रशोधन , पोष्टहार्भेष्ट , कृषि यान्त्रिकरण सम्बन्धी दुई दिने तालिम समेत दिइएको छ । यस यसको प्रयोगआत्मक अभ्यास प्रशिक्षक टक्क बहादुर नेपालीले गाराएका छन । मिनिटिलर संञ्चालन गर्दा ध्यान दिनु पर्ने कुरा यसको सुरक्षाको कमदहरु कस्तो जग्गा जोत्न खोज्दा के कसरी प्रयोग गर्नु पर्छ । यसको मोबिल , डिजेल कति मात्रामा कसरी प्रयोग गर्ने लगायतका बिषयमा सिकाइएको छ ।

सम्बन्धित समाचार