जुम्ला रारा अल्ट्रा म्याराथन : महिला तर्फको उपाधि प्रिया राईलाई

जुम्ला : जुम्ला रारा अल्ट्रा म्याराथनको महिला तर्फको उपाधि खोटाङकी प्रिया राईले जितेकी छन । नेपालमा आयोजना हुने रेसको उपाधि विजेता हाँसिल गर्दै आएकी राईले यस पटक जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन । राईले अन्य देशहरूमा नेपालको प्रतिनिधित्व गर्दै पदक समेत दिलाउँदै आएको पाइन्छ ।

त्यस्तै पूरुष तर्फको जुम्ला रारा अल्ट्रा म्याराथनका उपाधी जुम्लाका धिरबहादुर बुढाले जितेका छन । धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेरका हुन् ।
त्यस्तै पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान ल्याएको कर्णाली स्पार्ट्से क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्डको टाइमिङ निकाले भने शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।


त्यस्तै महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भएकी छन । त्यस्तै तिला गाउककपालिका जुम्लाकी अनिता बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएकी छन ।
आयोजकका अनुसार म्याराथनमा ४ विदेशी खेलाडी सहित ५४ जना दौडिएका थिए ।

कर्णाली स्पार्ट्से क्लब जुम्लाको आयोजना भएको जुम्ला रारा अल्ट्रा म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका हुन । त्यस्तै यस पछको ५औँ म्याराथनमा सोलुखुम्बु,खोटाङ,रुकुम पूर्व, कालीकोट,मुगु,ओखलढुंगा,सिन्धुपाल्चोकका र जुम्लाका धावकले भाग लिएको कर्णाली स्पार्ट्से क्लब जुम्लाले जनाएको छ । आयोजकका अनुसार जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको राराताल पुगेका हुन । जुम्ला खलंगाको बजार देखी सुरु भएको म्याराथन रारातालको छेउमा गएर टुंगिएको हो ।

त्यस्तै म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइएको छ । म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क तोकिएको थिए  ।

सम्बन्धित समाचार