एमाले सुर्खेत जिल्ला अध्यक्षमा देवकोटा विजयी

नेकपा एमाले जिल्ला कमिटि सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा विजय हुनुभएको छ ।पदाधिकारीमा अध्यक्ष देवकोटाकै प्यानल विजयी भएको छ ।आईतबार सम्पन्न भएको निर्वाचनमा देवकोटाले कुल चार सय ९५ मत मध्ये तीन सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी निवर्तमान अध्यक्ष अमृतबहादुर बिसी १३२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा मोहनसिंह बडुवाल तीन सय ४६ ल्याई विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी ताराकेशर गौतमले एक सय ३० मत ल्याई पराजित हुनुभयो । यसैगरी सचिवमा डम्बर तिवारीले दुई सय ९१, उपसचिव खुलामा टिकाराम सोमैले तीन सय २४ र महिलामा सुशील विश्वकर्माले तीन सय ३५ मत ल्याएर विजयी भएको हो ।

बिसी प्यानलका सचिव डण्डीप्रसाद शर्माले एक सय ८९, उपसचिव खुला हरिप्रसाद अधिकारीले एक सय ४३ र उपसचिव महिलामा तृप्ति विकले एक सय ३३ मत प्राप्त गर्नुभएको छ । उनान्नसय सदस्यीय जिल्ला कमिटिका लागि भएको निर्वाचनमा सदस्यहरुको मतगणना भने जारी रहेको निर्वाचन कमिटिले जनाएको छ ।

सम्बन्धित समाचार