विश्व अग्लो स्थानमा धान फल्ने ठाउ छभन्ने सन्देश दिन सार्वजानिक बिदा दिईएको होःमन्त्री शर्मा

जुम्ला : विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ कर्णालीको जुम्लामा छ भन्ने सन्देश दिनका लागी चैत १२ गते सार्वजानिक बिदा दिर्ईको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताए । उनले विश्वको अग्लो स्थानमा काली मार्सी धान फलाउने देश कर्णाली प्रदेसको जुम्लामा रहेको बताए । उनका अनुसार यो सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले कालीमार्सी धानको बीउ भिजाउने दिनलाई कर्णाली प्रदेश सरकारले धान दिवसको स्वामित्व लिएको छ ।

मन्त्री शर्माले धान दिवसको शुभकामना दिदै विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको दावी गरे । उनले भने,‘२हजार आठ सय ५० उचाईमा रहेको पातारासी गाउपालिकाको छुमा ज्युलो जुम्ली कालि मासी धान फलिरहेको छ । उनका अनुसार चैत्त १२ गतेको दिन धानको बीउ भिजाउने दिन कर्णालीका किसानहरुको महत्त्वपूर्ण दिन भएको स्मरण छ ।

कर्णालीका ४० पर्यटकिय गन्तव्यभित्र सुचिकृत भएको,विश्वकै अग्लो स्थानमा काली मार्सीधान उत्पादन हुने छुमज्युलो धानखेती हुने क्षेत्रका रुपमा गिनिज बुकमा समेत रेडर्क कायम भएको छ । बिश्वको एक मात्रै ठाउमा समुन्द्री सतह देखि झण्डै २ हजार ८ सय ९० मिटर उचाईमा धान फल्ने जुम्लाको पातारासी गाउपालिका वडा नं ३ छुमचौरलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम तय गर्ने गरेको मन्त्री शर्माले बताए ।मन्त्री शर्माका अनुसार कालीमार्सी धान कम उत्पादन हुने तर मूल्यवान हुने भएकोले कर्णालीका ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट,डोल्पा,मुगुमा रैथाने वालीको रुपमा काली मार्सीधान खेती गर्ने गरेको छ ।

त्यस्तै कर्णालीको दुःखका रुपमा रोग भोक, अशिक्षा र बेरोजगार रहेको जीकीर गर्दै बहुमुल्य मार्सीधान खेती बिकास गरी भोकमारी, कुपोषण ,र गरिबी हटाउन कर्णालीका ५ जिल्लामा मार्सीधान खेती बिकास प्रवर्द्धन संरक्षण बजार बजारीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार