जुम्लामा स्वास्थ्य जीवनको लागि योग शिविर सञ्चालन


जुम्ला : जुम्लाको सदरमुकाम नजिकै रहेको नेपाली सेनाको टुडिखेद मैदानमा निशुल्क योग शिबिर संचालन भएको छ ।आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले स्वास्थ्य जिवन कार्यक्रम अन्तरगत्त योग तथा जिवन शैली ब्यवस्थापनका लागी योग मास शिविर संञ्चालन गरेको हो ।

शारीरिक एवम् मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने उद्देश्यले यो शिबिर संचालन गरिएको प्रमुख नन्द प्रसाद न्यौपानेले बताए । उनका अनुसार यो योग शिविर लाई जुम्लामा नियमित रुपमा संञ्चालन गरिने छ ।उनले भने,‘योग ध्यान र साधनाले ब्यक्तिलाई उर्जावान बनाउन छ ।योग अभ्यास गराई स्वस्थ्य नागरिक सभ्य समाज निमार्णका लागि शिविर गरिएको प्रमुख न्यौपानेको भनाई छ ।

त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका डाक्टर प्रतिभा शर्माले योग शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला भएको बताईन ।उनका अनुसार सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै,यो एक किसिमको अनुभूति र रूपान्तरण पनी भएको उनको दाबी छ ।

त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका आयुर्वेद डाक्टर सञ्जु कार्कीका अनुसार परापूर्वकाल देखि नै योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रुपमा पनी मान्दै आएको पाइन्छ । उनले भनिन,‘समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदैआएको छ ।योग विभिन्न किसिमका हुन्छन । जसमध्ये यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन । योग, ध्यान र प्रणायाममा आकर्षण बढ्न थालेको देखिन्छ ।

 

सम्बन्धित समाचार