विपश्यना जीवन जिउने कला हो: धम्म सेवक प्रेमराज गिरी

जुम्ला: विपश्यना साधना स्थल जुम्लाका धम्म सेवक प्रेम राज गिरीले विपश्यना असल जिवन जिउने कला भएको बताए । उनले भने, पछिल्लो समयमा मानिसमा आउने अंहककार, रिस, राग, द्धष र मोहले गर्दा मानव जिवनलाई कुरुपता तिर धकलेको देखिन्छ । जसका कारण मानिसहरु दैनिक तनावयुक्त बन्ने गरेका छन् । तनावका कारण मानिसमा विभिन्न प्रकारका रोग तथा शारिरीक समस्या पैदा हुने गरेको छ । उनका अनुसार विभिन्न कारणले विचलित मनलाई शान्त पार्न विपश्यना गर्न आबश्यक छ । उनले भने,‘ २६ सय बर्ष पहिला महामानव गौतम बुद्धले प्रतिपादन गर्नुभएको थियो । बुद्ध द्धारा प्रतिपादित यो ध्यान तथा विपश्यना अहिले संसारभर पुगेको देख्न सकिन्छ ।यस कारण जिल्लाको गुठीचौर गाउँपालिकाको वडा नं. ३ मा अवस्थित विपश्यना साधना स्थल जुम्लामा पनि स्थापना गरिएको हो ।


धम्म सेवक प्रेम राज गिरीका २०७७ सालमा यसको डाक्टर निलम कुमार ( मानव)को सहयोगमा स्थापना गरिएको हो ।उनले भने,‘‘ म पेसाले स्वास्थ्यकर्मी भएकाले डाक्टर निलम सहितको केही डाक्टरहरु संग संगै खाना खाने अवसर मिलेको थियो । त्यसक्रममा पञ्चशीलको बारेमा छलफल भयो। जसमा (१) चोरी ,नगर्नु, (२) झुटो नबोल्नु, (३) हिंसा नगर्नु, (४) ब्रह्मचर्य लागु गर्नु र (५) लागु पदार्थको सेवन नगर्नु आदि बारेमा चर्चा ,सकिएपछि १० मिनेटको आनापाना सति ध्यान ग¥यौं उक्त कुराले गर्दा जुम्लामा पनी विपश्यना साधना स्थल स्थापना लागी निणर्य गरेका थियौँ । त्यस लगत्तै स्थापना गर्न सफल भएका हौँ ।उनी भन्छन,‘संसारमा मानिसहरु विभिन्न कारणले अशान्त बनेका छन्।

विपश्यना ध्यान मानिसको मनलाई काबुमा ल्याउने अस्त्र हो ।तनावयुक्त र हतास मनस्थितिलाई यसले एकाग्रतामा लैजाने गर्दछ । गिरी भन्छन,यो जिवन जिउन सिकाउने माध्याम पनि विपश्यना हो । मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान अति आवश्यक छ ।

हाल सम्म संञ्चालन भएका ध्यान शिविरहरु
विपश्यना साधना स्थल गुठीचौर जुम्लाका धम्म सेवक प्रेम राजका अनुसार जुम्लाको पहिलो १० दिवसीय ध्यान शिविर कान्जिरोवा होटलमा २०७७ साल श्रावण पूर्णिमामा भएको थियो । उक्त शिविरको सञ्चालन वरिष्ठ सहायक आचार्य श्री अमिर खातीले गरेका हुन ।

त्यतिबेला कोरोना को पहिलो लहर चलिरहेको अवस्था रहेकाले पुराना साधकहरुमात्र ध्यान शिविरमा बसेका थिए । त्यस्तै २०७८ साल आषाढ पूर्णिमामा पुराना साधकहरुको एक दिवसीय ध्यान शिविर र विद्यार्थीहरूलाई एक दिवसीय आनापान सति ध्यान शिविर चलाइएको थियो । यी दुवै शिविरको सञ्चालन गरिएको थियो । त्यसको संञ्चालन वरिष्ठ सहायक आचार्य श्री अमिर खातीले नै गरेका थिए ।

तेस्रो वर्ष (२०७९) सालमा स्वहित वीरसिंह कंशाकार र राजु खड्गीले शिविरहरु सञ्चालन गरेका हुन । त्यस्तै धम्म सेवक प्रेरा राज गिरीका अनुसार बाल शिविर शिक्षक विपश्यना साधना (एक संक्षिप्त रूपरेखा) श्री राजु खड्गी, हामी सेवकहरु मिलेर गुठीचौर गाउँपालिका अन्तर्गतका २ वटा स्कुलमा एक÷एक दिवसीय बाल शिविर सञ्चालन गरिएको थियो ।उनले भने,‘(२०८०) वैशाख पूर्णिमामा विश्वविपश्यना आचार्य श्री सत्यनारायण गोयन्काको १०० वर्षको वर्षगाँठ (जन्मजयन्ती) मनाउने क्रममा यस गुठीचौर गाउँपालिकामा रहेको विपश्यना साधना स्थलमा १० दिवसीय विपश्यना ध्यान शिविर सफलतापूर्वक सम्पन्न भएको छ । त्यसको संञ्चालन सुर्खेत विपश्यना केन्द्रका केन्द्रका आचार्य श्री महेन्द्र मुनि बज्राचार्यले गरेका थिए । उनले भने,‘ विपश्यना साधना स्थल जुम्ला ध्यानहरुको क्षेत्रमा सेवा दिदै आएपनि यो आफ्नो अफिसियल रुपमा संञ्चालन हुने प्रक्रियामा रहेको छ ।


त्यस्तै जिल्ला सरकारी वकिल रेनुका राईका अनुसार साधना तथा योगको अभ्यासलाई साधकले राम्ररी बुझे मात्र चित्त शुद्ध पार्न सहयोग पुराउछ । चित्त सोधन गर्दै साधनाको मुल प्रवाहमा डुव्न सरणगमन, बन्धना वोधिसत्तो भावना, गुरु मण्डल अर्पण,गुरु योग जस्ता साधनाका अन्तरबस्तुहरु हुदै योग तथा साधना गरिन्छ ।उनले भनिन,‘साधनले मानिसमा शान्ति दिनुका साथै सम्पुर्ण प्राणीहरुको सुखको कामना गर्दछ ।उनले थपिन,‘ साधनाको माध्यामले जगतको हित होस भन्ने कामना गर्नु हो । विपश्यना भनेको मुख्यतया मनलाई सहि मार्गमा परिवर्तन गर्नु हो ।यस सम्बन्धीको ज्ञान लिन सबैलाई आबश्यक छ । आत्मनिरीक्षण द्वारा आत्मशुद्धिको अत्यन्त पुरातन साधना विधि हो । जुन जस्तो हो, त्यसलाई ठीक त्यस्तो नै देख्नु,सम्झनु,बुझ्नु विपश्यना हो ।

सम्बन्धित समाचार