जुम्ला : हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा संसारभर उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी मनाइँदै आएको पाइन्छ ।यो अधिकारको बिषय भने उपभोत्तालाई नै जानकारी छैन ।
जुम्लामा प्रत्येक वर्ष जिल्ला प्रशासन,जिल्ला समन्वय,नेपाल प्रहरी र शशस्त्र प्रहरी र केही पत्रकारहरुको उस्थितीमा र्याली कार्यक्रममा गरि मनाइन्छ ।‘स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार‘ भन्ने मुल नारा सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्लाको मुख्य बजार,चन्दननाथ हाईस्कुल, बिजय नगर, जिल्ला प्रहरी कार्यालय, टुडिखेल चन्दननाथ मन्दिर हुदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।
त्यस्तै कोणसभामा जिल्ला समन्वय समिति जुम्लाको प्रमुख गौरीन्द आचार्यले हरेक क्षेत्रमा उपभोक्ताले सेवा लिने क्रममा ध्यान दिन जरुरी रहेको छ । सो क्षेत्रमा उपभोक्ता देखी सरोकारवालाले ध्यान दिन जरुरी रहेको छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सन १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइ उपभोक्ताका चार अधिकार भएको घोषणा गर्नुभएको थियो ।
त्यसै दिनको सम्झनामा ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन थालिएको बताउदै यस बिषयमा सचेत हुन आवश्यक रहेको हो ।
त्यस्तै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार बानियाले सवै उपभोक्ता सचेत हुन आवश्यक छ । उनका अनुसार नेपालको संविधानमा उपभोक्ताको हकलाई मौलिक हकअन्तर्गत समावेश गरिएको छ । उनले भने, संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।
राज्यको नीतिअन्तर्गत अर्थ उद्योग र वाणिज्य सम्बद्ध नीतिमा कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना तथा प्रतिस्पर्धा नियन्त्रणजस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्र्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने व्यवस्था गरिएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको प्रत्याभूति गर्न उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ कार्यान्वयनमा छ ।उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई नौवटा अधिकार प्रदान गरेको छ ।
त्यस्तै उपभोक्ताको अधिकार भनेको जनजीविकाको अधिकारलाई भनिन्छ । उपभोक्ता अधिकार अधिकारहरूको पनि मूल अधिकार हो ।प्रत्येक वस्तु र सेवा किन्दा उपभोक्ताले कस्तो खाले अधिकार पाउँछन् भनी परिभाषित गरेको विषयलाई उपभोक्ता अधिकार भनिन्छ ।
उपभोक्ताको छनोटको अधिकार, उपभोक्ताको सुनुवाइको अधिकार, उपभोक्ताको सूचानसँग सम्बन्धित अधिकार, स्वच्छ सुनुवाइको अधिकार, क्षतिपूर्तिको अधिकार, शिक्षाको अधिकार, स्वच्छ वातावरणको अधिकार र आधारभूत वस्तु तथा सेवामा पहुँचको अधिकारलाई दुनियाभर उपभोक्ता अधिकारको रूपमा परिभाषित गरिएको अवस्था छ । यी अधिकारहरू तल्लो तहका जनताका लागि राखिएको अधिकार हो । तर उनीहरुलाई जानकारी नहुदा उपभोत्ता आफ्नो अधिकारका बारेमा जागरुप हुन नसकेको हुन ।