जुम्लाः जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार फागुन ३० गते राति तातोपानी गाउँपालिका ४ निवासी २६ बर्षिय कालि प्रसाद उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक तथा सूचना अधिकारी उमेश चन्द्धका अनुसार वेलुकी ७ः३० बजे तातोपानी ४ पथेनीमा विधुतको पोलमा चढि मर्मत गर्ने क्रममा करेन्ट लागी घाईने भई उपाचार क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घटना स्थलमा प्रहरी गईरहेको र अस्पतालमा पोष्र्ट मार्टमका लागि तयारी भईरहेको छ ।