सिँजामा बातावरण संरक्षण विधेयक पारित

जुम्ला ः सिँजा गाउँपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण तथा खानेपानी स्वच्छता समन्वय विधेयक पारित गरेको छ । तेह्रौ हिउदे गाउँसभाले बातावरण संरक्षण तथा खानोपानी सरसफाई तथा स्वच्छता सम्वनधमा बनेको विधेयक २०८० पारित गरेको हो । सिजा गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष तिर्थ वडले खानेपानी तथा सरसफाई बिधेयक टेवुल गरेका थिए । त्यस्तै वडा नम्बर ६ का अध्यक्ष लालबहादुर बुढाले टेवुल भएको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा वनेको विधेयक २०८० पारित भएका थिए ।

त्यस्तै गाउँपालिकाले सो विधेयक सहित भईरहेका कामहरुको विषयमा प्रगति प्रस्तुत गरेको छ । आर्थिक विकास समितिको अर्ध बार्षिक प्रगति प्रतिवेदन संयोजक हरिनन्द आचार्यले प्रगति प्रस्तुत गरे ।
त्यस्तै सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष तिर्थ वडले सामाजिक विकास समितिमा भएका कामका बिषयमा प्रगति गरिएको छ ।अनुगमन तथा सुशासन समितिको अर्धबार्षिक प्रगति प्रतिवेदन संयोजक रञ्जित बुढाले प्रस्तुत गरेका छन ।

त्यस्तै सिजागाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पबित्रा शाहीले गाउँपालिकाको आर्थिक ऐन, २०८० बमोजिम स्विकृत करका दरहरुमा संशोधन परिवर्तन तथा थप गर्ने प्रस्ताव, गाउँपालिकाको स्वीकृत पालिकास्तरीय एवम वडा स्तरीय योजना रकामान्तर सम्वन्धी प्रस्ताव पेश गरि केही कार्यक्रम रकमान्तर गरिएको बताइन । उनका अनुसार गाउँपालिकाले चालु आ.व.मा २७ करोड २० लाख ८६ हजार १४७ रुपैया ५० पैसा रहेको थियो ।

त्यस्तै पुजिगत १२ करोड ७५ लाख ७६ हजार तिन सय गरी जम्मा ३९ करोड ९६ लाख ६२ हजार चार सय ४७ रुपैया ५० पैसा विनियोजन भएको थियो । यसमा चालु तर्फ ४०.८ प्रतिशत र पुजिगत तर्फ १९.४४ प्रतिशत गरी ३३.९९ प्रतिशत खर्च भएको छ प्रमुख प्रशासकिय अधिकृत शाहीले यस पालिकाको शुसान कायम गर्नका लागी कुनै कसुर बाँकी नराख्ने बताइन । उनले भनिन, सिजागाउँपालिकाको बिकासका लागी जनप्रतिनिधिले कर्मचारीको हालेमालो आबश्यक छ ।

त्यस्तै आर्थिक बिकास समितिका संयोजक हरिनन्द आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा कृषि तर्फ संघीय तथा प्रदेश सरकारबाट ३० लाख विनियोजन भएकोमा आ.व. २०७०।०८० मा स्थापना भएका आलुवाली पकेट विकास कार्यक्रमको निरन्तरता, शित भण्डार कार्यक्रमको सुचना भई कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताइएको छ ।उद्योग शाखा अन्तरगत १७ वटा लघु तथा घरेलु उद्योग र ५ वटा वाणिज्य फम दर्ता भएका छन् ।

प्रधानमन्त्री रोजगार तथा यूवा रोजगार कार्यक्रमका लागि रुपान्तरण पहल आयोजना अन्तरगत सिँजा गाउँपालिका माताहतमा रही स्थापित रोजगार सेवा केन्द्र मार्फत यस गाउँपालिकामा सुचिकृत दुई हजार आठ सय ३५ जना वेरोजगार व्यक्तिहरुलाई एक सय दिनको रोजगारी दिनेगरी कार्यक्रम लागु गरिएको छ ।
यस्ता छन् १० महत्वपूर्ण काम 
गाउँसभामा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाले गरिरहेका मुख्य कामहरुको बिषयमा जानकारी दिए । उनले विपतमा भत्किएका घरको लागि सम्पूर्ण प्रक्रिया अगाडि बढेको बताए ।उनले भने,सिँजाले लामो समय देखी मालपोत र नापी कार्यालयको बिषयमा मुख्य सचिवको टेवुलमा पुगेको छ ।

झिमीकुना देखी छकालेपानी सड्क आयोजना गौरवको आयोजनाको रुपमा लिईएको र पहल भईरहेको छ । सिँजा बहुप्राविधिक शिक्षालय अगाडि बढिरहेको छ । जग्गा पास भईसकेको र डिपिआर तयार भएको छ । सिँजाको नदिजन्य पदार्थको कानून अनुसार राजश्व असुल गर्ने विषयमा निर्देशन गरिएको छ ।

सिँजा संग्राहलयलाई व्यवस्थित गर्न यस बर्ष १० लाख संघ सरकारको र गाउँपालिकाको ६ लाख गरि १६ लाखको काम हुने छ । केदारनाथलाई पर्यटकीय गन्तब्य बनाउन केदारनाथ मन्दिरका लागि अगाडि बढाउने प्रयास गरिएको छ । प्रतिस्पर्धा र परीक्षालाई मर्यादित गर्ने बताएका छौ । गाउँपालिकामा काम गरिरहेका गैरसरकारी संस्थाहरु, विधुतलाई व्यवस्थित गर्ने र विधुत पुरयाएर टेलिफोन समेत नियमित बनाईने छ ।
त्यस्तै उपाध्यक्ष सितली रोकायाले गाउँपालिकाले गरिरहेका राम्रा काम सँगै गर्नुपर्ने कामका लागि सवैको सहयोग आवयश्यक रहेको बताइन । उनका अनुसार सामाजिक क्षेत्रका कामहरुमा पनि थप जोड दिन आवश्यक रहेको बताए ।

 

सम्बन्धित समाचार