व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भएको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन सँगै मान्छेको अवस्थामा पनि परिवर्तन आएको बताएका छन् । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर स्थापित गर्न खोजेको भाश्य सत्य नभएको बताए ।

शनिवार काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उनले बताए ।

ओलीले भने, ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको छ, त्यस्तो हो र ? आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् । यसमा अनेमसंघको अग्रणी भूमिका छ । ३३ प्रतिशत संसदमा, सरकारमा व्यापक कार्यान्वयन गरिएको छ ।’

उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पुर्‍याउनुपर्ने जिम्मेवारी रहेको बताए । महिला सशक्तीकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि दाबी गरे ।

सम्बन्धित समाचार