जुम्लामा छोरा द्धारा ७५ बर्षिय बुवाको हत्या ,,
दिलमाया शाही
जुम्ला कनकासुन्दरी निवसी एक छोराले बुवाको छोराले हत्या गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नं ६ निवासी ७५ बर्षिय दानबहादुर शाहीको आइतबार छोराले हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनका अनुसार आफ्नै छोरा ऐनबहादुर शाहीले बुवाको हानेर हत्या गरेका हुन ।
छोरा ऐन बहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटना पछि घाईते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यू भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ । छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक शाहीको टाउको, आखा र कोखामा घाउ भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतक शाही पूर्व नेपाल प्रहरीका असई भएको जिल्ला प्रहरी कार्याले स्रोतले बताएको छ ।।








