आईतबार देखी जुम्ला कोरोना मुक्त

दिलमाया शाही जुम्ला
आईतबार देखी जुम्ला जिल्ला कोरोना संक्रमित मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईशुलेसनमा रहेका सबैको रिपाटे नेगेटिभ आएपछि कोरोना संक्रमितको संख्या शुन्य रहेको प्रतिष्ठानका डा. धिरज गुरुङलेबताए । उनले भने अहिले मुक्त भयो भनेर ठुक्क हुन छैन यस्तो परिस्थिती फेरी पनि आउन सक्ने भएकाले संक्रमाण बाट संचेत हुन आबश्यक छ । संक्रमित शुन्य भएपछि कोभिड बिरुद्धको अभियानमा जुटेका स्वास्थ्यकर्मीलाई प्रशासनले सम्मान समेत गरेको छ । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला कोरोना विरुद्धको लडाइमा सफल भएको भन्दै प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयमा कार्यरत्त स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।प्रतिष्ठानका डा. धिरज गुरुङले भने संक्रमाण कमी भएपनि बिचमा बढ्यो तर डर घट्यो, जुम्लालाई यो स्थानमा ल्याउन सवै पक्षको सहयोग रहेकाले नतिजा सवैका नेगेटिभ आएको छ ।

उनले भने परीक्षण दायरा बढाउदा अझै भेटिन सक्ने भन्दै सवै नागरिकलाई सचेत रहन सुझाब दिएका छन , । उनले नागरिकलाई सजग बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । स्वाथ्यकर्मीको टोलीलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अहिले संकटको समयमा स्वास्थकर्मी नागरिकका लागि बास्तविक नायक सावित भएका छन उनले भने नागरिको ज्यान जोगाउन जोखीम मलेर खटीएको भन्दै सम्मान स्वरुप उत्साह दिइको हो । प्रजिअ थापाले भने अझैपनि राष्ट्रसेवकले राज्यलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नेमा दुईमत नभएको बताए ।
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुले गरेको सहयोग अतुलनीय रहेको बताए । उनले हुम्ला, मुगु, दैलेख, कालिकोट सहित आवश्यकता परेको स्थानमा काम गर्ने स्वास्थ्यकर्मीहरु, अस्पतालमा डटनुभएका र स्थानीय प्रशासन, राजनैतिकदल पत्रकारहरु सवैको सहयोगले प्रतिष्ठानलाई काम गर्न उर्जा मिलेकोमा खुशी व्यक्त गरेका छन ।