जुम्लामा पहिलो पटक ¥यापटिङ परीक्षण सफल ।

दिलमाया शाही
जुम्लामा पहिलो पटक ¥यापटिङ परीक्षण सफल भएको छ । साउन एक गते देखि जुम्लाको तिला नदिमा र्याप्टिङ सञ्चालनमा आएको हो । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्याप्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ । अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्याप्टिङ चलिरहेको छ । जुम्लामा दुई वटा र्याप्टिङ ल्याइएको हो । पहिलो पटक जुम्लामा पनि अफ सिजनमा र्याप्टिङ सञ्चालनमा आएको हो । गो कर्णाली ट्राभल्स एण्ड टुरले तिला नदिमा व्यवसायिक रुपमा र्याप्टिङ संचालनमा ल्याएको हो । सञ्चालक ललित महत यो सिजन तिला नदिमा र्याप्टिङ चलाउन उपयुक्त रहेको बताए । उनले भने , र्याप्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ ,। एक दिनमा एक पटक र्याप्टिङ चलिरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रर्बधन गर्ने उद्देश्यका साथ तिलानदिमा र्याप्टिङ सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अन्ये ठाउमा सुख्खा सिजनमा र्याप्टिङ हुने गरेको तर यहाँ हरियाली सिजनमा पनि चलाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छ । तर जिल्ला प्रशासनने भने र्याप्टिङ संञ्चालनको लागी अनुमति दिइएको छैन । हिउँदको सिजनमा पानीको वहाफ हेरेर सानो र्याप्टिङ चलाउने तयारी भइरहेको संञ्चालक महतले बताए ।छोटो प्याकेज अन्र्तगत दानसाघु देखि श्रीढुस्का सम्मको प्याकेजमा प्रति ब्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्छ । लामो प्याकेज दानसाघु देखि राँका सम्म तोकिएको छ ।

यहाँ सम्म प्रति ब्यक्ति दुइ हजार रुपैयाँ लाग्छ । फुल डे प्याकेज २० हजार रुपैयाँको छ । यात्रुको माग अनुसार दैनिक दुई वटा र्याप्टिङ चलाउने तयारी भइरहेको पर्यटन व्यवसायी समेत रहेका महतले बताए । महतका अनुसार साउन महिनामा यो र्याप्टिङ निकै प्रभावकारी भएको छ । तिला नदि भौगोलिक रुपमा निकै उत्तम भएको र पानिको फलो पनि ठिक छ । यो व्यवसायलाई कर्णाली प्रदेश सरकारले सहयोग तथा समन्वय गरेको उनले बताए ।र्याप्टिङ पछिल्लो समयमा भने व्यवसायीक रुपमा अगाडि बढ्न थालेको छ । र्याप्टिङ रिभर गाईडको लागि जुम्लाकै बिर्ख दमाई र अमृत दमाईले जिम्मेवारी लिएका छन् । बिर्खले २५ बर्ष बढि भारतमा ढुंगा चलाएर बसेको बताए । उनले भने अहिले आफ्नो जिल्लामै रोजगारी मिलेको छ ।
यो साहासिक यात्रा गर्ने पर्यटकहरुका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने छ । दानसाँघु देखी तातोपानी सम्म गएर तातोपानीमा नुहाउन पाईने ब्यवस्था छ । यो सँगै प्रर्यटकले मार्सी चामलको भात, तिलामा पाउने असला माछा समेत खान पाउने छन् । र्याप्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सीधान, स्याउ बगैचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिने छ ।
अहिले शुरुवात गरिएको ¥याप्टिङ व्यवसाय पनि गर्मियाममा कर्णालीमा र चिसोमा भेरी नदिमा संचालन गरिने योजना रहेको संचालक महतले बताए । उनले भने स्थानीय सरकार सँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदि, पातारासी र गुठिचौरमा समेत संचालन गरिने योजना छ ।