तिलाको हिउँदे गाउँसभा (फोटोफिचर)

sharethis sharing button

जुम्लाको तिला गाउँपालिले बालमैत्री आचार संहिता सहित १४ वटा कार्यविधि पारित गरेको छ । १३ औँ हिउँदे गाउँसभाबाट १४ वटा विधेयक पारित गरेको हो ।समृद्ध समतामुलक , सन्दर भुसम तिला , जैविक कृषि, पर्यटन र पुर्वधारको आधार शिला भन्ने मुल नाराका साथ गाउँसभाले विकास निर्माण र सेवा प्रवाहलाई चुस्त बनाउनका लागी उक्त कर्याविधि पास गरेको छ ।

पालिकाको बिकास प्रभावकारी कार्यन्वयन गर्नका लागी ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरि पारित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । उनलका अनुसार पारित भएका विधेयक मध्ये विपद व्यावस्थापन कोष सञ्चालन कार्यविधि (२०८०),सडक आश्रीत सहयोगापेक्षी मानव उद्वार, पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि, बालमैत्री आचार संहिता कार्यविधि, बालविवाह सम्बन्धी रणनीति योजना, बालबालिका सम्बन्धी पञ्चवर्षिय रणनीतिक योजना कार्यविधि ,यस्तै अपांगता भएका ब्यक्तिहरुको अधिकार संरक्षण सम्बन्धी कार्यविधि, स्थानीय विपद तथा जलवायु उत्थानसिल योजना तथा भवन निर्माण माफदण्ड कार्यविधि , पोषण मैत्री स्थानीय शासन वडा तथा पालिका घोषणा कार्यविधि हुन ।


त्यस्तै गाउँ सभाबाट पारित भएका थप कार्यविधि मध्ये जग्गा वर्गीकरण कार्यविधि, स्थानीय शिक्षा विकास तथा व्यवस्थापन, गाउँपालिकाको शिक्षा नियमावली (२०७४), तिला गाउँपालिकाको अबकास कोष नियमावली कार्यविधि र विपन्न नागरिक उपचार सहायता कार्यविधि गाउँ सभाबाट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनले भने, तिलाबासीको बिकासका लागी त्रुटिरहित तरकिाबाट अगाडी बढ्ने बताए । उनले भने, दिगोबिकासको लक्ष्य हाँसिल गर्नका लागी सबैको हातेमालो आश्यक पर्छ । यसको लागी तिलागाउपालिकाले सबैहको सल्लाह सुजाब मागेर अगाडी बढ्ने बताए । उनले तेह्र वटा ठुला योजनाको बोलपत्र भई सम्झौता गर्न बाकी रहेको छ ।


त्यस्तै गाउँपालिकाका उपाध्यक्ष गोरिकला बुढाले चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्त सम्मको आयव्यय अन्तर्गत आन्तरिक आयमा १० लाख ५० हजार संकलन भएको बताइन ।उनका अनुसार गाउँपालिकाको चालु तर्फमा विनियोजित बजेट ३३ करोड २४ लाख रहेकोमा १५ करोड २७ लाख खर्च भएको छ। उनले भनिन,पालिकाको पुँजीगततर्फ विनियोजित बजेट १७ करोड ९९ लाख विनियोजन भएकोमा २४ लाख ९० हजार खर्च भएको छ। कुल विनियोजितको बजेट ५१ करोड २४ लाख ३७ रहेकोमा १५ करोड ५२ लाख खर्च भएको बताइएको छ ।


उपाध्यक्ष बुढाका अनुसार गाउँ सभाबाट लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालनका लागि १ लाख, बालकोषमा रकम जम्मा गर्नको लागि ५० हजार, कृषि तथा मौसम सूचना केन्द्रको तथ्यांक संकलमा ३ लाख बजेट विनियो उपाध्यक्षसँग गाउँ सरकार कार्यक्रम अन्तर्गत वडा नम्वर ९ ढिपुमुलिका लागि ४ लाख, बालमैत्री वडा घोषणा कार्यक्रमका लागि १ लाख ५० हजार, मौसमी तरकारी खेती विस्तार कार्यक्रममा ३ लाख, धुलेली ओडार काठे पुल निर्माण वडा नम्वर ६ का लागि १ लाख र खोला खानेपानी पाईप लाइन विस्तार तथा ट्यांकि निर्माणका लागि ५ लाख वजेट हिउँदे गाउँसभाबाट विनियोजन गरिएको हो ।


त्यस्तै चालु आर्थिक वर्षबाट सडक आश्रित तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई सुर्खेतमा रहेको मानव सेवा आश्रममा लिएको र लिन बाँकी रहेकाहरुको लागि २ लाख,गाउँपालिकाको नयाँ भवनमा स्तनपान तथा पोषण कर्नर स्थापनाका लागि २ लाख वजेट विनियोजन भएको तिला गाउँपालिकाले जनाएको छ।


त्यस्तै गाउसभामा बोल्दै जिल्ला समन्वय समितिका सदस्य रच रावतले बोल्दै गाउँपालिका समृद्ध बनाउन जनप्रतिनिधि,कर्मचारी र सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने बताइन ।उनले जनप्रतिनिधिले आफ्नो भूमिका र कर्मचारीले आफ्नो भूमिका निर्वाह गरेको खण्डमा पालिकाको विकासमा समृद्धि आउने बताइन ।


त्यस्तै तिलागाउपालिका ५का वडाध्यक्ष ललित बहादुर शाहीले जनप्रतिनिधिले विकासको दृष्टिकोण र निर्देशन दिने भएकाले कामको जिम्मेवारी बढि कर्मचारीमा हुने बताए । उनले कर्मचारीले गरेका राम्रा काममा जनप्रतिनिधिको साथ हुने प्रतिवद्धता गरे ।, तिलाको विकास र समृद्धिका लागी सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरे । हिउदे गाउसभामा महिला, दलित, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, संचार क्षेत्र सहित विभिन्न क्षेत्रको सूझाव संकलन गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य पदम रावतले बजेटलाई थप जनमुखी वनाईनु पर्ने बताउदै बिपतको सवालमा थप जोड दिइने भएको छ ।

messenger sharing button
email sharing button
whatsapp sharing button
sharethis sharing button

सम्बन्धित समाचार