जुम्ला :जुम्लाको तिला गाउँपालिका ३ मा हाईड्रोपोनिक प्रविधिबाट पशुबस्तुको लागी घास उत्पादन गर्न थालिएको छ । तिला गाउँपालिका ३का महिलाहरुले हिउदे समयमा हरियो घाँस उत्पादनको लागी हाईड्रोपोनिक प्रविधि स्थापित गरिएका हुन ।उनीहरुले हिमाली महिला तथा वचत ऋण सहकारी संस्था मार्फत पशु बस्तुका लागि हाईड्रोपोनिक प्रविधिबाट घास उत्पादन गरेका छन ।
त्यस्तै हिमाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मुनीनाथ योगीले गहु, जौ, मकैबाट दाना सहित घास उत्पादन शुरु गरेको बताए । उनका अनुसार गाईभैसीलाई भिटामिन युक्त घास र खाना उत्पादनमा सहकारीका महिलाहरु अहिले जुटेका छन। उनले भने अहिले यो घास बिक्री हुन थालेको छ । पहिलो चरणमा ५० केजी सो प्रविधिबाट उत्पादित घास बिक्री गरिएको छ ।
यसका लागि हिउँदे सिजनमा जाडो हुने भएकाले ग्रिन हाउस बनाईएको छ । यो प्रविधिको लगानी तथा आर्थिक सहयोग यूएसए आईडि र प्राविधिक सहयोग विन्डपावर नेपालले गरिरहेको छ । विन्ड पावर नेपालका प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङले चैपायामा निर्भर आहारा, सुख्खा याममा पनि पाउने उद्देश्यले यो प्रविधिबाट चारो तथा घास उत्पादन गरिएको छ । उनका अनुसार अहिलेको उत्पादन स्थिति हेर्दा एक किलो दानाबाट आठ केजी उत्पादन भईरहेको छ । हिमाली क्षेत्रमा यो प्रविधि पहिलो पटक शुरु गरिएको बताइएको छ ।
त्यस्तै सहकारीका अध्यक्ष सत्यदेवी भट्टराईलेका अनुसार हिमाली क्षेत्र जुम्लामा हिउदे सिजनमा सुखा हुने र हरियो हाँस उत्पादन हुने समस्या छ । त्यही कारणले धेरै जसो यहाका पशुहरु चरण क्षेत्रको लागी तराइतिर लिने चलन थियो । तर यो प्रविधिले यही हरियो घाँस उत्पा दन हुन थालेका छौँ ।
अहिले पहिलेको तुलनामा गएकाले बस्तुभाउ पाल्ने चलन केही घटेको छ । हामी महिला मिलेर गाईभैसी, भेडाबाख्रा सहित घास चौपायाका लागि सामुदायिक स्तरको पहिलो हाईड्रोपोनिक प्रविधि जुम्लामा ल्याइएको छ । उनका अनुसार १२ घण्टा पानीमा भिजाउने, पखालेर, २४ घण्टा थैलोमा राखेर हरियो घास उत्पादन हुदै आएका छ । उनका अनुसार महिलाहरु अहिले सो घाँस ५५ रुपौया किलोमा बिक्रि हुदै आएको छ ।
त्यस्तै विन्ड पावर नेपालका प्रमुख कार्यकारी निर्देशक गुरुङका अनुसार सामुदायिक स्तरको पहिलो भएको दावी गरे । उनले जम्मा पाँच लाख लगानीको प्रविधिका सामाग्रीहरु रहेको छन । जसमा प्लाष्टिक टनेल सहित प्रविधिका सामग्री रहेका छन् ।