मुगुमा आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु

जुम्ला: मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका २ गाडेखोला टोलमा गएराति ३ घरमा आगलागी भएको छ । उक्त आगलागीका कारण २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गाडेखोला टोलका सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको हो ।

आगलागीमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।,प्रहरी नायव उपरीक्षक थापाले आगलागीबाट तीन दाजुभाइ लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेको छ । उनले भने,’दुई वटै बालक घर भित्रै आगोमा जलेर लिंग पहिचना गर्न नसकिने डल्लो अवस्थामा भेटिएको छ ।’

गोठमा भित्र रहेकाचौपाय पनि जलेर मृत अवस्थामा फेला परेको सुरक्षाकर्मीले जनाएको छ । खाना पकाउने भान्सा कोठाबाट आगो गोठमा छिरेर राति आगलागी भएको खत्याड गाउँपालिकाका वडाध्यक्ष हेमराज मल्लको भनाइ छ ।

अध्यक्ष मल्लले भने, ’लालु, दीपराज र नरदीप तीन वटै दाजुभाईको घरसँगै जोडिएको हुँदा आगलागी आगोबाट जोगाउन सकिएन ।’ इलाका प्रहरी कार्यालय रातापानी र श्रीकोट प्रहरी चौकीबाट सुरक्षाकर्मी आगलागी भएको घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आगोमा जलेका तीन वटै घरमा रहेको धनसम्पति पशु वस्तु, अनाज पूर्ण रुपमा क्षति भएको र क्षतिको एकीन विवरण निकाल्ने काम भइरहेको रातापानी इलाका प्रहरी चौकाका इन्चर्ज निवेन्द्र बुढाको भनाइ छ ।

सम्बन्धित समाचार