जुम्ला । गएको मंसिर २३ गते चन्दननाथ नगरपालिकाको कार्यपालिकाले निर्णय गरेर हटाइएका १२ जना कर्मचारीले बिरोधमा उत्रिएका छन । उनीहरुले आफुहरुलाई तत्काल काममा फिर्ता नगरे तालाबन्दी गर्ने चेतावनी दिएका हुन ।
नगरपालिकाका अघिल्ला जनप्रतिनिधिले विज्ञापन गरी लिखित मौखिक परीक्षा संचालन गरी मिति २०७७ माघ १ गतेबाट करार सम्झौता गरी काम गर्दै आएका थिए ।उनीहरुले स्वास्थ्य क्षेत्रका चौथो तहका अनमी अहेवको क्षेत्रमा काम गर्दै आएको पाइएको छ ।
मंसिरबाट अहिले सम्म काममा पुन फकाउन अनुरोध गर्दै आ्रएपनि नगरपालिकाले कुनै सुनुवाई नगर्दै आएको बताएका छन । आईतबार चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत समक्ष ज्ञापन बुझाएका छन ।उनीहरुले चालू आवको असार सम्म तलब भत्ताको बजेट समेत विनियोजन भईसकेकोले नियमित काममा फिर्ता गर्न माग समेत गरेका छन । आसार सम्मको बजेट छुटायर पनि बीचैमा फाल्न खोजिएको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुको दाबी छ ।
उनीहरुले बुझाएको पत्रमा भनिएको छ की ध्यानकर्षण पत्रमा भनिएको छ,’मंसिर २३ को कार्यपालिका बैठकले करार सेवामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । बजेट छुट्याएर बीचमै किन हटाउने निर्णय भयो । १२ जना महिलालाई मात्र किन हटाउने ? नगरपालिकामा कार्यरत ७७ जना कर्मचारीलाईनै फाल्नु पर्छ ।१०जना स्वास्थ्यकर्मी र अन्य दुईजना गरी जम्मा १२ जनालाई हटाइएको प्रति ध्यानाकर्षण गराइएको छ। उनीहरुले हाम्रो माग पुरा नभए सोमबार देखि नगरपालिकाको कार्यालयलाई तालाबन्दी गर्ने बताएका छन्।
त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानले स्वास्थ्य तर्फका १० जना र २ अन्यका गरी १२जनालाई कार्यापालिकाले निणर्य गरी हाटाइएको बताए । उनका अनुसार हटाइएका सहित करार कर्मचारी ७७ जना रहेका थिए ।
स्वास्थ्य क्षेत्रका ११ जना फजुल कर्मचारी समेत रहेका छन । उनीहरु माथीबाट तलब खाने कर्मचारी हुन । तलब खायर बसेकालाई काम लगाउनु पर्ने हुन्छ । नगरले निणर्य गरेर हटाईएका कर्मचारीहरु नगरपालिकाको आन्तरिक स्रोतबाट तलब खादै आएका हुन । आर्थिक भार थेक्न नसक्ने भएका कारण हटाइएको हो । उनीहरुले ध्यानकर्षण पत्र बुझाएको बिषयमा नगर प्रमुख समक्ष जानकारी गराईएको छ ।