पशुचिकित्सकको टोली भेडाको नमुना परिक्षण गरी फर्कियो

जुम्ला: अछाम जिल्ला कमल वजार वडा नं ६ को गैटाडमा भेडामा देखिएको रोगको परिक्षण गरी टोली फर्र्किएको छ । जुम्ला जिल्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको समस्याको परिक्षण गर्नका लागी पशुचिकित्सकको टोटी फर्किएको हो ।
उनीहरुको अनुसार त्यहा बिरामी भएका भेडा परिक्षण गर्दा महामारी नभएको पुष्टि भएको पाइएको छ ।यहि माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले फोन मार्फत र अर्का किसान शुसिल बमले लिखित निवेदन दिएका थिए । त्यस लगत्तै भेडामा देखिएको समस्याको बिषयमा मन्त्री शर्माले तत्काल मन्त्रालयका सचिव नरहरि प्रसाद घिमिरे र मातहतका महाशाखा प्रमुखहरुलाइ दिएको निर्देशन दिएका थिए । पशु चिकित्सक सहित टोली माघ १५ गते अछामको गैटाडमा पुगी भेडामा देखिएको समस्या परिक्षण गरेपछि महामारी नभएको पुष्टि भएको हो।

त्यस्तै बरिष्ट पशुचित्सक राकेश प्रजापतिका अनुसार हामी १५ गते बेलुका गैटाड पुग्दा भेडा पालक किसानहरुको भएको ठाउमा पुगेका थियौँ । उनीहरु चिन्तित थिए । हामीले किसान संग बुझ्दा जुम्ला जिल्ला हिमा ५ का १३ जना भेडा पालक कृषक तिला २ का १ जना किसान गरी जम्मा १४ जना कृषकले गएको मंसिर १३ गते भेडा ल्याएको बताएका थिए । उनीहरुका अनुसार जुम्ला जिल्लाबाट आफुहरुले पालेका भेडाबाख्रालाइ घुम्ती चरणका लागि अछाम जिल्लामा पौष ७ गते देखि अहिले सम्म १६ मुली, पुनेपाटा, थुम, कमलबजार, पाचुले, गैटाड, भन्ने स्थानको चरिचरण गरिरहेको बताए । भेडा किसानका अनुसार थुम,कमलबजार, पाचुले, गैटाडको चरणमा चराउदा भेडा मर्न सुरू भएको बताएका छन ।

उक्त चरण क्षेत्रमा २०६६ साल देखि भेडा बाख्रा चरण गर्दै आएको र यस्तो समस्या यो भन्दा अगाडि नभोगेको किसानले बताएको डाक्टर प्रजापतिले बताए उनले भने, करिव ३ सय भेडामा मुख सुन्निने ,ढाडिने र एक दुइ दिन सम्म यो अवस्था रहने तेस्रो दिनबाट पखाला लाग्न सुरु हुने र त्यसपछि मृत्यु भएका भेडा बाख्रा बाट पिसाबमा रगत देखिने गरेको हो । ,मृत्यु हुने भेडाको उमेर समुह १ देखि तिन बर्षका बढी र १ देखि ५ बर्षका उमेर समुहका भेडा रहेको बढी रहेका छन । डाक्टरका १४ गते किसानका २ भेडा मरेको र १५ गते साँझ ४ वटा भेडा मृत अवस्थामा देखिएको छन । त्यस्तै पाँच वटा भेडा पालक किसानहरुले प्राविधिक टोली पुग्नु भन्दा पहिले भेडामा देखिएको समस्या सामाधानको लागि उपचार कार्य गर्दा औषधीको मात्रा कम भएको र औषधी लगाउने समयभर नलगाएको पाइएका हुन ।

डाक्टर प्रजापतिका अनुसार संक्रमित भेडामा पि.पि.आर रोगको नमुना चेकजाँचबाट नेगेटिभ छ।मरेका भेडाहरुको अंगहरुको अवलोकन गर्दा आन्द्रामा घाउ र रगत देखिएको इन्टेरोटक्सीमिया वा घाँसको बिषादीपन भए नभएको इन्टेरोटक्सीमिया रोग निदानको लागि नमुना केन्द्रिय पशुपंछी रोग अन्वेषन प्रयोग शालामा पठयौँ । गैटाडमा पुगेको टोलीले एक हजार भेडाको उपचार तथा २ भेडाको पोष्टमार्टम गरि नमुना संकलन गरेको छ ।
त्यस्तै पशुपंछि रोग अन्वेषण प्रयोगशालाको परजिवी परिक्षण शाखाबाट भेडाको गोबर जाँच गर्दा coccidian र शुक्ष्म जीवाणु परिक्षण शाखा बाट मृतक भेडाको नमुना संकलन गरि परिक्षण गर्दा इकोली ( – E=koli and Bacillus spps ,strepto coccus spps_ ) देखा परेको बरिष्ट पशुचिकित्सक राकेश प्रजापतिले बताए । माघ ३ गते देखि चरिचरणमा गएका भेडामा देखिएको समस्याबाट १सय ५० भेडा मरेको र ३सय बढी भेडा पखला लाग्ने समस्या देखिएको थियो।

किसानको भेडामा देखिएको समस्या समाधान गर्न अहिले कर्णाली प्रदेश सरकारले करिव १ हजार २ सय भेडामा उपचार गरि प्रयोगशाला परिक्षण बाट( अयतचष्mयह ,बलतष्दष्यतष्क) औषधी सिफारिस गरि किसानलाइ दिइएको पशुपंछी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काले बताए । खडकाका अनुसार भेडा भएको ठाउमा २ दिन बसेर र भेडामा भएको समस्या बारे अध्ययन गरौ पहिले पनि किसानले औषधी उपचार गरेको पायौँ । तर किसानले ६ एमल औषधी लगाउने समयमा १ एमल दिएको समयमा औषधी उपचार नगरेको कारण भेडामा थप पखलाको समस्या सामाधान नभएको बताए । त्यहा पुगेको टोलीले उपचार पछि भेडापालक किसानलाइ औषधी प्रयोगको तरिका र कोल्चन व्यवस्थापन सम्बन्धी जानकारी समेत दिएको छ ।

सम्बन्धित समाचार