जुम्ला : चरिचरणको लागी अछाममा लिएको जुम्ली भेडा धमाधम मर्न थालेका छन । सुदुरपश्चिम प्रदेश अछामको कमलबजार नगरपालिका वडा नं ६ गैटाणामा चरणक्षेत्रको लागी लिएका भेडा अज्ञात रोगका कारण मर्न थालेका हुन ।
त्यस्तै हिमा गाउँपालिका ५ बुहँगाउका किमान नन्द बहादुर बमले सुदुरपश्चिम प्रदेश अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ६ गैटाणामा चरिचरण लागी ल्याएका ६० वटा भेडा मरि सकेको बताए । उनले भने, हिमा ,तिला ,तातोपानी र सिजाका गरी झण्डै १२ सय छन । ति भेडाहरु मध्येबाट २ सय भेडा गएको एक साताबाट बिरामी भएका छन । भेडालाई पखाला लाग्ने पेट फुल्ने समस्या देखिएको छ । उनले भने, भेडाको उपचारको लागी सबै निकायसंग पहल गरेका छौ ।
त्यस्तै अर्का किसान शुसील बमले लिखित निवेदन मार्फत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा समक्ष बुझाएको बताए । उनले भने, भेडाको उपचारको लागी अनुरोध गरेका छौ । भेडा किसान बमका अनुसार , प्रत्येक वर्ष भेडा चराउन अछाम लिने गरेको र अहिले सम्म यस्तो समस्या आएको बताए । उनले मंसिरको महिनामा चरिचरणको लागि भेडा ल्याएका थियौ । यहा करिव डेड महिना पछि पुष ६ गते अछाम पुगाएका थियौँ । अछाम पुगे पछि भेडामा पखाला लाग्ने पेट फुल्ने समस्या देखिन थालेको छ । यो समस्या देखिएको एक हप्ता भइसकेको छ ।
त्यस्तै कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली अछामको गैटाणामा पठाउने भएको छ ।जुम्लाबाट चरिचरणको लागि अछाम पुगेको भेडामा पखाला र पेट फुल्ने समस्या देखिए पछि कर्णाली प्रदेश सरकारले औषधी सहित पशु चिकित्सक टोली गैटाणा पठाउने भएको हो ।
त्यस्तै कर्णाली सरकारका कृषि कन्त्री मन्त्री शर्माले प्रभावित क्षेत्रमा पशुचिकित्सक टोली पठाउने लागेको बताए । उनले प्रदेश सरकार किसानको पशुधन सुरक्षामा चिन्तित बनेको छ ।यसको लागी तत्काल समस्या समाधानको लागि कर्णाली प्रदेश सकारले औषधी सहितको पशु चिकित्सक टोली गैटाणा पठाउन लागेको मन्त्री शर्माले बताए । उनले भने, कर्णालीबाट अछाम पुग्न समय लाग्ने अवस्था रहेको बताउदै तत्काल किसानको समस्या समाधान गर्नका लागी भोलीनै औषधी सहितको पशु चिकित्सक टोली अछाम पठाउन मन्त्रालयका सचिव पशु विकास महाशाखा प्रमुखलाइ निर्देशन गरि सकेका छन ।
त्यस्तै किसानको समस्या आउन साथ सुदुरपश्चिम सरकार कृषि मन्त्रालयका कृषि सचिव संग समन्वय गर्न मन्त्री ज्युको निर्देशन पछि सुदुरपश्चिम प्रदेश सकारका कृषि सचिव डाक्टर मदन धामी संग समन्वय गरेको प्रदेश सचिव नरहरि प्रसाद घिमिरेले बताए । उनका अनुसार सबै संगको समन्वय पछि प्रभावित क्षेत्रमा सुदुरपश्चिम बाट पशुचिकित्सक सहितको टोली जाने भएको बताए ।
त्यस्तै भेडा पालक किसानहरुले प्रदेश सरकारलाई हाम्रो आयश्रोतको एक मात्रै माध्यम भेडापालन हो भेडापालन ब्यबसायमा अज्ञात रोगको समस्या देखिएकाले उपाचारको अनुरोध गरेका छन । किसानको गुनासोलाई मध्यनजर गरी प्रदेश सकारबाट समस्या समाधानको लागि पहल भइरहेको बताएको छ ।