जुम्लाका २४ वर्षका विराज पातमा आकृति कोर्दै

जुम्ला : जुम्ला चन्दननाथ नगरपालिका २ निवासी २४ वर्षका यूवा विराज भण्डारी पातमा आकृति कोर्ने युवा हुन ।उनी पिपलको हरियो पातमा आकृति कोरेर आम्दानी समेत गर्न थालेका हुन ।त्यस्तै विराजले पहिले लिफआर्ट प्रतिस्पर्धा गर्थे, विस्तारै पातमै मानिस लगायतका विभिन्न बस्तुको आकृति कोरेर चर्चामा रहेका छन । विराज भण्डारीका अनुसार सन २०२० मा लकडाउनको समयमा यूटयूवमा यो कला सिकेको बताए । उनले भने,सिक्दा सिक्दै पातमा आकृती बनाउने कलामा प्रतिस्पर्धा पनि गरियो ।

पछि राम्रो नतिजा आएपछि विगत २,३ बर्ष देखी पातमा आकृति कोरेर आफु रमाईरहेको छु । उनले भने सवैभन्दा पहिला भारतको ताजमहलको तस्बिरको आकृति पातमा बनाएको देखेपछि यसको नक्कल गरेर पातको चित्र कोर्न शुरु गरेको हुँ ।
भण्डारीका अनुसार सूरुमा नेपालको नक्शा कोरेर हेर्दा राम्रो लाग्यो ।त्यस पछि विस्तारै पातमा बिभिन्न प्रकारका आकृति कोर्ने मेरो दैनिकी छ । उनले अहिले विभिन्न मानिसका आकृति समेत निकालेर चित्र कोर्न थालेका छन ।उनले अहिले सम्म करिब दूई हजार पाँच सय सम्मका पातमा मानिसहरु र विभिन्न महत्व राख्ने स्थानका चित्रको आकृति कोरिसकेका छन ।


त्यस्तै पातमा कोरेको चित्रमा सामाजिक सञ्जालबाट पनि निकै प्रोत्साहन आएपछि यसलाई झन निरन्तरता दिदै आएका छन । अहिले मानिसहरुका आकृति जस्ताको तस्तै बनाउन थालेपछि काम गरेको पारिश्रमिक पनि पाउने गरेका छन् । एउटा पातको आकृतिबाट एक हजार देखी माथी आम्दानी हुने गरेको बिराज बताउछन ।
विराज भण्डारी पातमा आकृती बनाउने देखि आशिंक समयमा कर्णाली प्राविधिक शिक्षालयमा अध्यापन पनि गराउने गरेको बताउछन । उनले भने, मेरो सिपको कदर गर्दै आशिंक प्रशिक्षकको रुपमा अवसर पनि दिएको छ ।
जुम्लाको जनता मावि महत गाउँमा हाईस्कुल, नासा कलेज काठमाण्र्डौमा प्लस टु हुदै गौरादहमा विएसि एजि उत्तिर्ण गरेका भण्डारीको यो शिप देखि यहाँका नागरिम दंग छन ।

त्यस्तै कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले विराज भण्डारीले पातमा चित्र र आकृति कोर्ने राम्रो कला भएको बताए ।उनले भने,‘सबै कलालाई सम्मान गर्न जरुरी छ । वराजले पछिल्लो समयमा कुलमान घिसिङ, वालेन्द्र शाह,लक्ष्मी प्रसाद देवकोटा सहितका व्यक्तिहरुको पातमा आकृति कोरेका छन् । विराजले कोर्ने चित्रको पात विशेषगरी पिपल पात रहेको छन ।

सम्बन्धित समाचार