जुम्ला : नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कर्णाली क्षेत्र र नेपाल भरी पाईने महत्वपूर्ण कितावहरु राख्ने उद्देश्यले महासंघ भित्रै पुस्तकालय स्थापना गरेको हो ।पत्रकार महासंघ जुम्लाको पहलमा कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा ९२ वटा पुस्तक पहिलो चरणमा चन्दननाथ नगरपालिका मार्फत खरिद गरिएको छ ।
त्यस्तै महासंघमा अन्य व्यक्ति र संघ संस्थाले उपलब्ध गराएका गरि करिब एक सय बढि पुस्तकबाट महासंघ भित्र पुस्तकालय शुरु गरिएको अध्यक्ष नेत्रबहादुर शाहीले बताए । उनका अनुसार जुम्लामा कर्णालीका मान्छेले लेखेका तथा अन्य लेखकहरुका किताबहरु नपाईने भएकाले कर्णाली पुस्तकहरु महासंघले यो अभियान सूरु गरेको हो । उनले भने,महासंघले अवको ३ बर्षमा तीन हजार पुस्तक राख्ने अभियान अगाडि सारेको छ ।
महासंघ शाखा जुम्लाको सचिवालय वैठकले गरेको निर्णय अनुसार आगामी ५ वर्षमा ३ हजार पुस्तक पुरयाईने लक्ष्य रहेको छ । यस अभियानका लागि हरेक वर्ष एक हजार पुस्तक राखिने अभियान अन्तरगत केही नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग तथा लेखक तथा सहयोगी महानुभावबाट किताव संकलन गरिने छ ।त्यस्तै महासंघमा दस्ताबेजका लागि किताब राख्ने महानुभावहरुले प्रत्यक्ष वा महासंघको टेलिफोन ०८७५२०१८४, ९८४८३००८६८ मा वा पदाधिकारीहरु संग सम्पर्क गर्न अनुरोध गरिन्छ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्लामा स्थापित तथा सञ्चालित विधुतीय तथा छापा स्थानीय संचार माध्यामको रेकर्ड राख्ने भएको छ । त्यसका लागि सार्वजनिक सूचना आवह्रान समेत गरिने भएको छ ।महासंघका अनुसार जुम्लामा दर्ता भएका पत्रपत्रिकाको सक्कल कपी जुम्ला महासंघको पुस्तकालयमा राख्न पनि सार्वजनिक सूचना गरिने भएको पत्रकार महासंघ जुम्लाले जानकारी दिएको छ । अध्यक्ष शाहीले ईतिहास मेटिदै जाने भएकाले पत्रपत्रिकाको रेकर्ड पत्रकार महासंघमा राखिन आबश्यक रहेको छ ।
त्यस्तै महासंघको पुस्तकालयमा कर्णालीका लेखक तथा पत्रकार रत्नाकर देवकोटाको बहृत जुम्ला राज्यको ईतिहास, डोरवहादुर बिष्टको भाग्यवाद र विकास आधुनिकीकरण, ग्रीष्मबहादुर नेपालको छापाखाना र पत्रपत्रिकाको ईतिहास, भानुभक्त आचार्यको आम सञ्चार र पत्रकारिता अध्ययन, रघुमैनालीको रेडियो पद्धति, टोनी हेगनको नेपालमा खोज यात्रा, सत्यमोहन जोशी, स्थिर जंगबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ, चुडामणि वन्धु, प्रदिप खनालका कर्णाली लोकसस्कृति सहितका खस सभ्यता र पत्रकारिता क्षेत्रका, स्थानीय लेखकका महत्वपूर्ण केही किताबहरु राखेर महासंघमा पुस्तकालय शुरु गरिएको हो ।