जुम्लाको बृहत धौलीगाड खानेपानी आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत

जुम्ला :  जुम्लाको बहृत धौलिगाड खानेपानी आयोजना तीब्र गतिमा भइरहेको छ । आठ हजार ६ सय ९५ खानेपानीका धाराको लागी निमार्ण हुदै गरेको उक्त आयोजनाको कामको भौतिक तर्फको प्रगति ४३ प्रशत भएको हो । जुम्लाकै सवैभन्दा ठूलो खानेपानी आयोजनाको २ वटा प्याकेजमा काम भईरहेको छ । त्यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लका निमित्त कार्यालय प्रमुख दिपेन्द्र भट्टले बताए । उनले भने,आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार काम भईरहेको छ । उनका अनुसार आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत भएको छ भने वित्तिय प्रगित ३४ प्रतिशत भएको छ ।उनले भने, बृहत धौलीगाड खानेपानी अयोजनको २ वटा प्याकेजमा काम भईरहेको छ ।

पहिलो ईन्टेक देखी आरभिटिी सम्मको काम भईरहेको छ जसमा ईन्टेक निर्माण, डिसी, आईसी, पाईपलाईन निर्माण ट्यांकी निर्माण भईरहेको छ । यस क्षेत्रमा एक सय देखी ६ सय घन मिटरका ट्यांकीहरु निर्माण भईरहेका छन् । चन्दननाथ ,तातोपानी र गुठिचौर गाउँपालिकामा क्षेत्रमा छ सय घनमिटरका १ ट्यांकी, तीन सय घनमीटरको एक, दुईसय घनमिटर २ वटा, डेडसय मिटर ३ वटा र चार सय मिटरका ट्यांकी निर्माण धमााधम भईरहेका छन् । कार्यालयका अनुसार प्याकेज १ अनुसारको यस कामका लागि ट्रान्समिसन पाईपलाईन ७१.९३ किलोमिटरको काम भईरहेको छ ।


कार्यालयका अनुसार प्याकेज २ मा ट्यांकी देखी धारा सम्मको दुईसय किमी वितरण पाईप लाईनको कार्य पनि धमाधम भईरहेको छ । जस अन्तरगत करिब १३० देखी १४० किमी वितरण पाईप लाईनको काम सम्पन्न भईसकेको कार्यालयले बताएको छ ।

कार्यालय प्रमुख भट्टका अनुसार प्याकेज १ मा निर्माण कम्पनी कन्काई सिएबी कालीका जेभी    ललितपुर र सिएबी कन्सट्रसन प्राईभेट लिमिटेडले काम गरिरहेका छन । त्यस्तै  प्याकेज १ को कामका लागि  ५४ करोड ४१ लख चार सय ५३ रुपैया ४७ पैसा र प्याकेज २ का लागि रु ३७ करोड ७ लाख पाँच हजार तीनसय ७१ रुपैया रकम रहेको छ । प्याकेज १ को निर्माण कम्पनी सँग २०७८ चैत्र ४ गते ३६ महिनाको लागि र प्याकेज २ का लागि २०७९ असार १९ गते ३० महिनाको लागि कामको सम्झौता भएको छ ।

४३ हजार ७ सय १८ जनसंख्या लाभान्वित

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भईरहेको समयमा हिमालको शुद्ध खानेपानी खाने उद्देश्यले समुन्द्र सतह देखी ३ हजार ९ सय १८ मिटर उचाईमा रहेको रहेको शुद्ध मुहानबाट धौलीगाडको खानेपानी जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाका ४३ हजार ७ सय १८ जनसंख्या लाभान्वित हुनेछ ।

जहाँ कि जुम्ला विमानस्थल दुईहजार तीनसय ५० मिटर उचाईमा रहेको छ ।
त्यस्तै जुम्ला सदरमुकाममा बढ्दो जनसंख्या र खानेपानीको अभाव भईरहेको समयमा बृहत धौलीगाड खानेपानी आयोजना यस क्षेत्रको मुहार फेर्ने आयोजनाको रुपमा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, धौलीगाड खानेपानी गौरवको आयोजनाको रुपमा रहेकाले सवै मिलेर यसलाई अगाडि बढाउन आवश्यक रहेको छ । चन्दननाथ नगरपालिका ४ निवासी सृजना रावतका अनुसार खानेपानीले हैरान भएको समयमा यस आयोजनाले ठूलो राहात दिने छ ।

आयोजना सम्पन्न गर्नका लागी ३५ करोड बजेट अभाव हने

त्यस्तै संघिय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय जुम्लाका अनुसार हाल सम्म लक्ष्य अनुसारको काम भईरहेको छ । तर कार्ययोजना अनुसार बजेट अभाव भईरहेको छ । यस बर्ष बहृत धौलीगाड खानेपानी आयोजनाको नियमित बजेट १२ करोड बिनियोजित भएको थियो। धमाधम काम भईरहेको र वाँकी करिब १२ करोड यस बर्षको लागी बजेट अभाब देखिएको छ । सो रकमको माग गरी लिखित रुपमा सम्वन्धित निकायमा पठाएको कार्यालयले जनाएको छ ।

कम्पनी सँग सम्झौता भएको रकम भित्रकै यो आर्थिक बर्ष र आगामी आर्थिक बर्षमा गरि करिब ४० करोड बजेट सरकारले सुनिश्चत गरे निर्धारित समयमा योजना अनुसारको काम सम्पन्न भइ खानेपानीको धारा घर घरमा पुग्ने छन ।
त्यस्तै कर्णाली प्रदेसका पुर्व कानुन मन्त्री तथा धौलिगाड आयोजनाका परिकल्पनाकार नरेश भण्डारीले यो पानीलाई खानेपानी विभागले यार्सा मिनरल वाटरको रुपमा अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सकिने बताए ।उनले भने,यो आयोजना जुम्ली जनताको सपना संग जोडिएको आयोजना भएकाले सबै मिलेर सम्पन्न गर्नु पर्ने बेला आएको छ ।उनका अनुसार खानेपानी पानी नागरिकको दैनिकी संग जोडिएको बिषय हो । यो आयोजना निमार्ण गर्नका लागी यहाका सरोकारवाला सबैको हालेमालो हुदै आएको छ ।

सम्बन्धित समाचार