जुम्ला : गरौ योग रहौ निरोक भन्ने मुल नाराका साथ माघ एक गतेबाट सरु भएको योग अभ्यास गराउने कार्य आइतबार सकिएको छ । पछिल्लो समयमा योग शिक्षा र अभ्यास स्वस्थकर जीवनको लागी माहत्पुर्ण मानिएको छ । यस पट जुम्ला माघ एक गते परेको नौवौँ राष्ट्रिय योग दिवसको अवसरमा योग साप्ताह संञ्चालन गरिएको हो ।
यस अघि दिवसका दिन मात्रै सिमित हुने योग अभ्यास यस पटक एक हप्ता सम्म संञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्द प्रसाद न्यौपानेले बताए ।उनले भने,‘सबैको सहयोग पाएको खण्डमा यसलाई हामी नियमित रुपमा योग अभ्यास गर्न तयार छौँ । उनका अनुसार योग गर्न शारिरिक, मानसिक, तथा स्वास्थ्यका दृष्टिकोण बाट पनी फाइदा जनक छ ।
सबैले समयमै ध्यान दिएर घरघरमै योग गर्दा पनी हुन्छ । उनले एक हप्ता दिन संञ्चालन गरेको योग अभ्यासमा सहभागी हुने सबैले आफ्नो निवनमा लागु गर्न अनुरोध गरे । प्रमुख न्यौपानेका अनुसार अहिले धेरै दीर्घ रोगहरु फैलिरहेको अवस्था छ, । जस्तो कि मधुमेह, उच्च रक्तचाप आदि जस्ता जो हाम्रो जीवनशैलीसँग सम्बन्धित छ ।यस्ता रोगहरुलाई रोक्न र भइसकेको अवस्थामा यस्ता रोगहरुको सही व्यवस्थापन गर्न पनि योगको आवश्यक्ता पर्छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले विश्व स्वास्थ्य संगठनले अहिले शारीरिक, मानसिक, सामाजिक सबै पक्षलाई लिएर स्वास्थ्यको कुरा गरेको बताए ।उनले शारीरिकरुपमा मात्र सञ्चो भएर हुँदैन मानसिक, सामाजिक वैचारिक र आध्यात्मिकरुपले पनि मानिस स्वस्थ हुनुपर्छ भन्ने कुरा यस पटक संञ्चालन गरेको योग अभ्यासले सन्देश दिने बताए । उनले भने, योग सबै र सथैका लागी आबश्यक छ।
त्यस्तै पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले योग कसले गर्ने भन्दा पनि सबैले गर्ने हो । स्वस्थ मान्छे स्वस्थ र आनन्दित भइरहन अनि रोगी मानिसहरुले रोगको व्यवस्थापन गर्न साथै खुसी तथा आनन्दित हुनका लागि पनि योग गर्ने गरिन्छ । उनले भने,‘योग अभ्यास साप्ताह ब्यापी रुपमा संञ्चालन गरेकोमा जिल्ला प्रशासन र आयुर्वेद स्वास्थ्य केन्द्र प्रति हार्दिक आभार ब्यक्त गरे ।
त्यस्तै योग अभ्यासमा सहयभागी बाल कुमारी अर्यालले यस अघि आफुले घरमै बसेर बिभिन्न मध्यम हेरेर योग गर्ने गरेको बताइन । उनले भनिन,‘यसपटक आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको योग अभ्यास पहिलो सिकाइ भएको बताइन । उनले यहा सिकेका कुरा सधै भरी आफ्नो जिवनमा लागु गर्ने बताइन ।
त्यस्तै अर्का सहभागी बिराज रानाले स्कुल पढ्दै गर्दा योगको बारेमा किताब मात्रै पढाउने गरेको थिए ।यस पटक एक हप्ता सम्म आफै सहभागी भयर योग गर्दा स्वास्थ्यमा समेत सुधार आएको बताए ।उनका अनुसार यस पटक योगको बिषयमा नयाँ ज्ञान सिकेको महशुस भएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका ६का वडाध्यक्ष रबि थापाले योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोध ,अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग भएको बताए । उनका अनुसार मनिस स्वाथ्य रहनको लागी योग आबश्यक छ ।
त्यस्तै नागरिक समाजका अध्यक्ष राज बहादुर महतका अनुसार योगले गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ भन्ने बिश्वास छ ।उनले भने, सधै योग गरेको खण्डमा मानिस आफै निरोगी हुने बताए ।
त्यस्तै आयुर्वे स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख नन्द ,डाक्टर प्रतिभा शर्मा डाक्टर संञ्जु कार्की सागर न्यौपाने लगायतको टिमले एक हप्ता संञ्चाल गरेको योग अभ्यासमा पहिलो दिन ९० जना सहभागीहरुको सहभागीता रहेको थियो । भने त्यस यता ६० जनाको नियमित सहभागी भएका थिए ।