कालिजपालन ब्यवसायमा पुर्व गाउँपालिका उपाध्यक्ष गंगादेवी

जुम्ला :  जुम्लाको तातोपानी गाउँपालिका–४ कि पुर्व उपाध्याय गंगादेवि उपाध्याय कालिज पालनमा ब्यवसायमा लागेकी छन । उनी संघयता आएको पहिलो पल्ट तातोपानी गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन । पछिल्लो समय उपाध्यक्ष भन्दा पनि कालिजपालकका रुपमा परिचित छन ।उनले गौतम पशुपंक्षि पालन फार्म’दर्ता गरी आफ्नो गाउँमै कालिजपालन गरेकी गर्दै आएको बताइन । उनका अनुसार आफ्नोे जग्गामा ३ हजार ७ सय १० बर्गमिटर क्षेत्रफल जग्गामा व्यावसायिक रूपमा काजिल पालन गरेको दुई वर्ष भइसक्यो ।
उनले भनिन, कालिजपालन संगै कालिजका चल्ला उत्पादन गर्ने जुम्लामा नौलो अभ्यास हो। अहिले पालेको कालिज हेर्नकै लागि भिड लाग्छ। कसैले कालिज कसरी पाल्ने भन्ने विषयमा अनुभव आदानप्रदान लिने र दिने काम भइरहेको छ । पुर्व गंगा देवीले भनिन्,‘व्यवसायिक रुपमा कालिजपालन गरेको तातोपानी गाउँपालिकामा पहिलो पटक भएकाले पनी अरु मान्छेहरु हेर्न आउने गरेका छन ।

हामीलाई कालिज पालेको देखेर कुखुरा पालन गरेका किसानले कालिन पान्न इच्छा गरेको पाइन्छ । ’यसअघि कालिज व्यवसायिक रुपमा पालन गर्न सकिदैन् भन्ने भ्रम थियो। तर उपाध्यायले पहिलो पटक दुई सय पोथी र ४० वटा भाले कालिज ल्याएर पालन सुरु गरिन्। उनीसँग अहिले ५ सय बढी कालिज छन ।भने,६ सय बढी रैथाने कुखुरा र २५ वटा हाँस छन्।उनी भन्छिन्,‘इच्छाशक्ति मात्र हुनु पर्यो। कालिजपालन गर्न कुनै कठिनाइ छैन।
उपाध्याय हरेक दिन दश बजेदेखि पाँच बजेसम्ममा उनी कालिजपालन मै ब्यस्त देखिन्छन । अन्य सबै समय कालिजको रेखदेखमै खर्चिन्छन्।’४१ वर्षकी गंगादेवी उपाध्यायले उपाध्यक्षको पदावधि सकिए पछि घर खर्च कटाएर उपाध्यायले महिनामा डेढ लाखदेखि २ लाखसम्म कमाई हुने गरेको छ । ।गत वर्ष मात्रै २० लाख आम्दानी गरिन्।कालिज २ देखि ३ हजार र रैथाने कुखुरा २ हजार देखि २ हजार ५ सय रुपैंयामा बिक्रीवितरण हुने गरेको छ ।
त्यस्तै कालिजपालनले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको देखिन्छ। उनले कालिजपालनलाई अझै व्यवसायिक बनाउँदै लैजाने सोच राखेको बताइन । यो कालिज पालन सबैको आकर्षणको केन्द्र बनाउने छु।

राजनितिक गर्नेलेकृषि क्षेत्रमा लगाव राख्दैनन् भन्ने भ्रम चिर्नु पर्छ
त्यस्तै पुर्व उपाध्यक्ष उपाध्यायका अनुसार राजनीतिक गर्ने कृषि क्षेत्रमा लगाव राख्दैनन् भन्ने भ्रम चिर्नु पर्ने बतइन । उनले भनिन, इच्छा शक्ति हुनेले कृषि क्षेत्रको उत्थान गर्छन भन्ने सन्देश प्रवाह गन जरुरी छ । जुम्ला कालिजको लागि उपयुक्त हावापानी भएको क्षेत्र हो। यहाँ हजारौँ संख्यामा कालिजपालन गरेर आन्तरिक तथा ग्रामिण पर्यटनलाई बढवा दिन सकिन्छ।

जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको उनको भनाइ छ।त्यस्तै स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्याय ( दिपक)ले बताए ।उनले भने,‘अब कर्णालीमा पनि कालिज पालन गर्न सकिन्छ भन्ने थाहा भयो। यसको सिको बिस्तारै सबैले गर्नेछन्। कर्णाली कालिजपालनको लागि एक नमुना क्षेत्रका रुपमा स्थापित होस भन्ने चाहान्छु।

त्यस्तै हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसावले पनि निकै उत्तम हुने जिल्ला पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । उनका अनुसार यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकहरुले समेत भन्न थालेका छन्। उनले भने,जुम्लामा पालिएको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताए यहाँको जंगलमा पाइने कालिजको भन्दा यही उत्पादन भएर हुर्केको कालिजको मासु झन राम्रो हुने देखिन्छ। कालिजको मासु, सेकुवा, सुप लगायत परिकार बनाइन्छ।

त्यस्तै जुम्लालाई आवश्यक पर्ने कालिज उत्पादन गरी बजारमा लैजान सक्ने गरि तयारी थालिएको लक्ष्मीप्रसाद बताउँछन्।पहिलो चरणमा ५० लाख रुपैयाँ लगानी गरी कालिजपालन गरिएको हो। १ करोड लगानी पुगेका छ।पछिल्लो समयमा कालिजपालन एक आकर्षक काम भएकोले यहाँका किसान कालिजपालनमा हौसिन थालेका छन्।

सम्बन्धित समाचार