जुम्ला : मनाङ – मुस्ताङ – डोल्पा –जुम्ला सड्क अन्तरगत जुम्ला देखी डोल्पा सड्क खण्डको निर्माण कार्य हुदै आएको छ । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार जुम्ला देखी डोल्पाको सिमा सम्मको मौरे लेक सम्मको विभिन्न स्थानमा काम हुदै आएको हो ।
सड्क डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टका अनुसार जुम्ला देखी डोल्पाको मौरे लेक सम्म ४३ किलोमिटर रहेकामा विभिन्न स्थानमा काम भईरहेको छ ।उनले भने, छिनासाँघु देखी दानसाँघु ३.५ किमी सम्म काश्यप निर्माण सेवाले कामको जिम्मा लिएको छ । त्यस्तै दानसाँघु देखी झारज्वाला ३.५ किमी सम्म थोदुङ कन्ट्रक्सन, वाविखोला देखी मौरे लेख सम्म अर्घाखाची – महेश जेभीले काम गरिरहेको छ । यस क्षेत्रमा एक अर्को निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । त्यस क्षेत्रमा करिब २५ किमी कामको जिम्मा रहेको छ ।
त्यस्तै सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सड्कले सो क्षेत्रको ४३ किलोमिटर क्षेत्रको विभिन्न स्थानमा भएका ठेक्काका लागि २३ करोड ५३ लाख सम्झौता भएपनि रकम कम भएकाले भुक्तानी गर्न कठिन भएको छ । ति सवै योजनामा ८ करोड ५२ लाख मात्र भुक्तानी भएको तर अन्य रकम केन्द्रबाट नआएपछि समस्या भएको हो । कार्यालयमा काम सम्पन्न गरेको विल आएका छन् तर रकम अभावले भुक्तानी गर्न सकिएको छैन ।
त्यस्तै सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईका अनुसार काम सम्पन्न गरि सकेका क्षेत्रमा समेत रकम अभावले भुक्तानी गर्न सकिएको छैन् । जुम्ला डोल्पा सड्कमा चार स्थानमा पक्कि पुल निर्माण गर्ने डिपिआर निर्माण भएपनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्चि सड्क खनेपछि भने त्यस क्षेत्रमा मालवाहक ट्याक्टर तथा साना सवारी गुडिरहेको उनले बताए । ।
त्यस्तै जुम्ला– डोल्पा सडक क्षेत्रको झारज्वाला देखी गुठिचौर सम्मको १४.५ किलोमिटर पूर्वाधार विकास कार्यालय जुम्लाले काम गरिरहेको छ ।कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको बजेट तथा योजना कार्यक्रम अन्तरगत सो क्षेत्रमा काम भईरहेको छ ।
त्यस्तै पूर्वाधार विकास कार्यालय जुम्लाका सुचना अधिकारी टेकबहादुर हितानका अनुसार निधार पुल झारज्वाला देखी गुठिचौर लाग्ना सम्म पुर्वाधार विकास कार्यालयले काम गरिरहेको छ । उनले भने, जुम्ला–चोत्र–काईगाउँ डोल्पा सड्क नामाकरण गरिएको उक्त सड्कमा वल्र्डवाईड सुनकोशी जेभी निर्माण व्यवसायी कम्पनीबाट ठेक्काको काम भईरहेको छ । उनका अनुसार त्यस क्षेत्रमा ग्राभेल, प्लम स्टक्चर, ज्ञाविन स्टक्चर र चौडा गर्ने काम भईरहेको छ । सो कार्यका लागि १७ करोड रुपिँया बजेटमा सम्झौता भएको र चार करोड ५० लाख रुपिया भुक्तानी गरिसकेको सूचना अधिकारी हितानले बताए ।