जुम्ला ः चन्दननाथ नगरपालिका ४ वडाको मालाभिड गाउँमा बस्दै आएकी तारा देवि देवकोटा (अधिकारी ) एकल महिला हुन ।उनको बिवाहा हिमा गाउँपालिकाका ६ पातरखोलाका उम्म राज अधिकारी (कञ्चनसागर )संग आज भन्दा झण्डै २३ वर्ष अगाडी बिवाह गरेकी थिईन ।बिवाहा भएको केही समय पछि तारादेवीको गर्भमा बच्चा बस्यो ।उनका श्रीमान उम्म राज अधिकारी माओवादीले सुरु गरेको जनयुद्धमा २०५५ सालमा होमिएका थिए ।
त्यस पछि तारा देवी आफ्नो चन्दननाथ नगरपालिका ४ वडामा पर्ने माइतीको घरमा बसिन ।समय बित्तै गएपछि उनको छोरा जन्मीयो माइतीमा पनि तारा देवीका बुवा आमा थिएनन ।माईतीमा तरा देवी देवकोटाका दाजु कुल देव देवकोटाले पनि विवाहा गर्नु भएको थिएन । उनको अहिले मुत्यु भइसकेको छ ।तारा देवीले भनिन, जनयुद्धमा गएका श्रीमानले उतै अर्की श्रीमती विवाह गरे छन ।त्यस पछि शान्ति प्रक्रियमा आएपछि उनको मुत्यु भइसेकोको छ । श्रीमानको पाटीको नाम कञ्चन सागर अधिकारी हो ।उनका अनुसार सागरले बिवाहा गरेकी काँन्छी श्रीमतीबाट दुई वटा बच्चा समेत छन ।उनीहरु श्रीमानको घरतिरै बसेका छन।म यतै माइती मै बसेकी छु।
चार वर्ष देखि टहराको बास
पुरानो घर थियो जिर्ण भएर झत्कियो । त्यस पछि दाजु र बहिनीको अवस्था झन नाजुक भयो । हामीलाई पेट भर्नको लागी खर्च जुटाउदै हैरान ,कसरी घर बनाउनु । घर भत्केको केही समय सम्म गाउलेको घरको एक कोठा मागेर बसेका थियौँ ।
त्यस पछि आफन्तले देउता राख्नको लागी एउटा घर बनाइ दिएका थिए । त्यो देउता राख्ने घर बनाउदा खेरी माथिल्लो तलामा देवता राख्ने तल्लो तलामा बस भने पछि हुन्छ भनेर गाउको मागेको घर छोडेर केही समय त्यही देवता राखेको ठाउमा बसेका थियौँ ।त्यहा बसदा देउताका कारणले बिरामि हुने भएपछि फेरी यहि काठ र ढुङगाको टहरा आफै बनाएर बसेका हौँ उनले भनिन,‘दाजु कुल देव देवकोटाका यहि टहरामा मृत्यु भयो अब मेरो पनि यही गती हुन्छ होला ।
त्यस्तै अहिले तारा देवीको छोरा झण्डै २२ वर्षका भइसकेका छन ।कक्षा १२ सम्म जेनतेन पढाएकी छु ।उनको छोराको नाम पंख अधिकारी हो। तारादेवीले छोरा ठुलो बनाए पनि छोराले आमा दुख देख्ने भन्दा पनी उल्टै आमालाई हप्काउने पैसा माग्ने सुर्खेत,काठमाण्डौ जस्ता ठाउमा बस्ने गरेका छन । तारादेवी अहिले ५४ वर्षकी भईसक्नु भएको छ ।उनको बुढेसकालको साहारा भनेर हुर्काइएको छोराको यो गतिले झन पिरोलेको छ ।उनको गुजारा गर्ने एकल महिलालाई दिने भता बनेको छ । उनी अहिले उनी बिहाना बेलुकाको चुलो बाल्नका लागी हारगुहार गरेको भेटिन्छ ।
त्यस्तै त्यहा स्थानीय देवी प्रसाद सिम्खाडाका अनुसार उनका लागी बस्ने बास आवश्यकता भएको बताए । उनले भने,देउता राखेको घरको तल्ला तलामा उनलाई बस्नको लागी बनाइएको भन्ने थियो । तर त्यहा देउताले अशुभ गरेको भन्दै टहरामा बस्दै आएकी हुन ।उनले भने,उनको सहाराको लागी भएपनि उनका छोरा पंख अधिकारीलाई रोजगारी दिनु पर्ने बताए ।
त्यस्तै यस बिषयमा चन्दननाथ नगरपालिका चारका वडाध्यक्ष नवराज देवकोटाले आफु अहिले जिल्ला बारि भएको बताए । उनले भने, म जुम्ला आएपछि उनको बिषयमा बसेर छलफल गरौँला ।