भारत बाट जुम्ला आउदै गरेका पिपलगाउँका मान बहादुर कामी सम्पर्क विहिन

जुम्ला : भारतबाट घर आउदै गरेका मान बहादुर कामी सम्पर्क विहिन भएका छन् । चन्दननाथ नगरपालिका १० पिपल गाउँका मान बहादुर कामी यहि पुस नौ गते रोजगारीको शिलसिलामा भारतको कुल्लु मैनाली गएका थिए ।उनी त्यहा पुगे लगात्तै बिरामी भएको खवर आएको मान बहादुर की श्रीमती देउकली कामीले बताइन ।उनका अनुसार त्यो दिनमा पुसको १५ गते मामाका छोरा जया कामीको मोबाइलबाट बिरामीछु म घर आउछु भनेपछि आउनुहोस भनेको थिए । उनी आफ्नै मामाका छोरा नाता पर्ने जया कामी बाट बस भाडा मागेर घर १६ गते हिडेका थिए ।

उनी संगै पातारासीको गाउँपालिका २ पेरे गाउँका धन बहादुर नेपालीका परिवार आएका थिए । उनीहरु घर पुगेको लामो समय भइसकेको छ ।श्रीमती देउकली कामीले भनिन,मेरो श्रीमानको गाडी भाडा समेत धन बहादुरका परिवार संग थिए । उनीहरु चडेको आएको बस १७ गते भारत बरेली भन्ने ठाउँमा बस बिग्रेको थियो । पछि केही समय पछि बस हिड्न थाल्यो उनी त्यो बसमा आएनन । केहीबेर सम्म बसवालाले खोजेका थिए। उनलाई नभेट पछि पेरेगाउँका धन बहादुरको परिवार मात्रै आएको बताएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बोलाएको छलफलमा उनीहरुको बताएका थिए ।

मन बहादुर कामी आन्दाजी ४७ बर्षका भएका छन । उनी कहिले पनी भारतमा गएका थिएनन । उनलाई हिन्दी भाषा बोल्न आउदैन थियो ।उनी श्रीमती कामी ले हराएका श्रीमान मान बहादुरको खोजी कार्य गरी दिन भन्दै जिल्ला प्रहरी कार्यालय जुम्ला र बौडरमा समेत हुलिया काटेको बताइन । उनका अनुसार उनी संग भारतमा लाग्ने फोन नम्वर भएको बताएका छन ।

अहिले सम्म पनि सम्पर्कमा नआउदा चिन्ता बढेको भन्दै श्रीमानको खोजी कार्यका लागी सहयोग गरिदिनका लागी पत्रकारहरु संग उनकी श्रीमतीले देउकलीले आग्रह गरेकी छन । उनले भनिन, श्रीमानलाई भेटाउनु हुने ब्यक्तिलाई आफ्नो सम्पर्क नम्वर ९८६८०३६०६१मा खवर गरी सहयोग गरिदिन अनुरोध गरेका छन ।

 

सम्बन्धित समाचार