५ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

उदयपुर ।  ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१  वर्षीय दिपन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार