समयानुकुल शान्ति सुरक्षामा चुनौतीको सामना गर्नुपर्ने अवस्था छ: महानिरीक्षक अर्याल

जुम्ला । नयाँ प्रविधिसंगै अपराधका किसिम पनि फरक तरिकाबाट बढि रहेको सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले बताए ।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको नयाँ भवन उद्धघाटन गर्न जुम्ला पुगेका महारिक्षक अर्यालले यस्तो बताएका हुन । उनले भने, ‘ बद्ढो सहरीकरण,जनसंख्या बृद्धिसंगै सुरक्षा चुनौतीहरुको सामना गर्नु पर्ने अबस्था आएको छ । शसस्त्र प्रहरी शान्ति सुरक्षामा समायनुकुल लाग्न जरुरी छ ।’

प्रथामिकतामा राखेर शसस्त्र प्रहरी बल जुम्लाको समस्याको समाधान गरिने बताए महानिरिक्षक अर्यालले भने, ‘बाँकी अभाब भएका संरचना निमार्णको लागी प्रथामिकमा राखिने छ । शारिरिक थकाइ समान्य हो तर मस्तिष्कमा थाकाइ मान्न हुदैन । सशस्त्र प्रहरी अब परम्परागत रुपमा मात्रै नभइ नयाँ तरिकाबाट अगाडी बढ्न जरुरी छ ।’

त्यस्तै सशस्त्र प्रहरी बलको तातोपानीगाउँपालिका ५ मा ब्यारेक बनेको छ । तातोपानी गाउँपालिकाले २२ हजार वर्गमिटरको जग्गा उपलब्ध गराएको शसस्त्र प्रहरी बलका एसपी चेतराज जोसीले बताए । उनले भने, ‘यहाँका स्थानीयको समन्वयनमा तातोपानीगाउँपालिका सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लालाई गग्गा दिएको हो ।’

सशस्त्र प्रहरीले लामो समय देखि जग्गा खोज्दै आएको थियो । तर अझै पनी जग्गामा भौतिक संरचना अभाव हुने देखिएको छ । उनले सबै संगको सहयोग सहकार्यमा यो संरचना बनाउन सफल भएको बताए । उनले भने ‘यहाँ तत्काल बन्ने भनिएको भवनमा ५० जनाको जनशत्ति अटाउने थियौ । सबैसंग सहयोगमा थप संरचना तयार भएका छन। ब्यारेकको लागी अझै धेरै संरचना अभाब हुने देखिएको छ ।’

यसको लागी पनि एसपी जोशीले सबैसंग महानिरिक्षक समक्ष अनुरोध गरेका छन । उनका अनुसार चारवटा पक्की भवन बनेका छन ।यस अघि ब्यारेक नहुँदा कहिले एयरपोर्ट, कहिले सीडीओ कार्यालय, कहिले महिला तथा बालबालिका कार्यालयमा कहिले कर्मचारी आवासमा बसेर दिन गुजार्नुपर्ने अवस्था थियो । अब देखि फौजीको हिसाबले भन्दा पनि गण भएकाले बसेको सशस्त्र प्रहरीले जनताको सुरक्षामा अब्बलता प्रदर्शन गरिरहेको जोशी बताउँछन् । सशस्त्र प्रहरीका एसपी जोशीले यो संरचना निमार्णमा सहयोग गर्ने स्थानीय सरकार, जग्गा दाता लगायत सबैलाई सम्मान गरेका छन ।

त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई आफ्नो एक मिसन पुरा भएको बताए । उनले सूरु देखि एक कार्यकर्ताको रुपमा शशस्त्र प्रहरीको संरचना बनाउन जोड दिएको थिए । अहिले तातोपानी गाउँपालिकाको हैसिदले सफल भएको महशुस गरेको छु । उनले भने, सबै भन्दा बढी यो संरचना बनाउनका लागी एसपी साव चेतराज जोशीको योग्दान हो । उहाँले आफ्नो निजि घर बनाउने जस्तो गरी लाग्नु भएको थियो अध्यक्ष चौलागाईले भने, यस कारणले पनी यो संरचना बनाउन सफल भएका हौँ ।

त्यस्तै हिमा गाउपालिकाका अध्यक्ष लक्ष्मान शाहीले सो भवन उद्धघाटनको लागी प्रमुख अथितिका रुपमा जुम्ला पुगेका महानिरिक्षक अर्याललाई खस सभ्यताको उद्धगम स्थाल जुम्लामा स्वागत गरेका थिए । उनले भने, ‘ तिला ,हिमा सिजा र कनका सुन्दरी गाउपालिकाको लागी शशस्त्र प्रहरीको पोस्ट छुटै खडा गरिदिनका लागी अनुरोध गरे । उनले भने, ‘नाग्मा गमगडी राजमार्ग हुदै राजा ताल जाने पर्यटकको लागी शान्ति सुरक्षा कायम गर्न र बिपद् ब्यवस्थापनका लागी पनि सिजा क्षेत्रमा शशस्त्र प्रहरी आबश्यक रहेको छ ।’

त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे शशस्त्र प्रहरीको भवन सरकारी संरचना यतिछिटो छरिटो बन्ने रहिछ भन्ने उदारण दिएको बताए । उनले भने, ‘सम्झौता बमोजिम निर्धारित समयमै शसस्त्र प्रहरीको भवन निर्माण भएको छ । यो एसपी चेतराज जोसीको महेनत हो । उनका अनुसार स्थायी संरचना पछि अब शसस्त्र प्रहरी ढुक्कले नागरिकको सुरक्षामा खटिन सक्ने अबस्था आएको छ ।’

त्यस्तै शसस्त्र प्रहरी वल नम्बर ३३ गण त्रिपुरा जुम्लाको सुविधायुक्त भवनहरु साढे चार करोड बढीको लगानीमा निर्माण भएको एसपी चेतराज जोशीले बताए ।उनका अनुसार कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवास लगायतका संरचना कुल ४ करोड ५२ लाख ३९ हजार १३९ रुपैया लगानीमा निर्माण भएका छन । उनका अनुसार निर्माण कम्पन्नीले अझै १ करोड ११ लाख ५८ हजार २९३ रुपैया भुक्तानी पाउन बाँकी रहेको छ । यो संरचना बनाउन कनकासुन्दरी र गुठिचौरगाउँपालिका बाहेकका अरु पालिकाले सहयोग गरेका थिए ।

त्यस्तै संघिय सरकारबाट बजेट सुनिश्चित भएपछि २०७९ १७ गते सम्झौता भई ०८० पुस १७ गते निर्माण सम्पन्न हुने सम्झौता अनुसार निर्माणको ठेक्का पाएको (ओम बज्रहरी जेभीं) कम्पनीले निर्धारित ११ महिनामै काम सम्पन्न गरेको छ ।यो भवन गत आर्थिक वर्षको फागुन २५ं गते शिलन्यास भएको थियो । यस चालु आवको असोज २५ गते हस्तान्ततरण गरिएको थियो । कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवास लगायतका संरचना निर्माण भएपछि शसस्त्र प्रहरी सदरमुकाम खलंगाबाट नवनिर्मित भवनमा सरीसेको पाइएको छ ।

त्यस्तै शनिवार भएको भवन उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरीका कर्णाली प्रदेशका डिआईजी प्रदिव कुमार पाल ,शसस्त्र प्रहरी परिवार महिला संघ कर्णाली प्रदेशका अध्यक्ष भुवानेश्वरी पाल, पालिकाका प्रमुख,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार